नगर पत्रकार संजाल गठनप्रति आपति जनाउँदै पत्रकारहरुले बुझाए नगर प्रमुखलाई ज्ञापनपत्र

  • पुस २३, २०७७
  • २०५ पटक पढिएको
  • Pradesh Times
alt

प्रक्रिया नपुर्याई तथा पत्रकारहरु लाइ जानकारी नगराइ एकलौटी किसिमले महोत्तरीको गौशाला नगरपालिकामा नगर पत्रकार संजाल गठन गरिएको घटनाप्रति आपति जनाउँदै गौशालाका पत्रकारहरु नगर प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन । विहीबार गौशाला कार्यक्षेत्र रहने गरि विभिन्न संचार क्षेत्रमा कार्यरत रहेका ११ जना पत्रकारहरुको संयुक्त हस्ताक्षरमा नगरप्रमुख शिवनाथ महतोलाई ज्ञापनपत्र बुझाएका हुन । गत पुस २२ गते वुधबारका दिन आपसि सहमति बेगर तथा पत्रकारहरु लाइ जानकारी नगराइ प्रक्रिया नपुर्याइ नगर पत्रकार संजाल गठन गरेको भन्दै यहाँका पत्रकारहरु आपति जनाउँदै ज्ञापनपत्र बुझाएका हुन । गौशाला नगरपालिकाको सभाहलमा विरोधको वावजुद द पव्लिक टुडेका अध्यक्ष रामनारायण महतोलाई संयोजक पद चयन गरि ९ सदस्यिय कार्यसमिती गठन गरिएकोप्रति पत्रकारहरुको घोर आपति रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गठित समितीमा आफुहरुको सहमती बिना नै नगर संजाल गठन गरि मलाइ सल्लाहकार बनाइको न्युजहरु विभिन्न संचारमा आएको छ, यसरी बिना सहमतीमा बनाइएको समितीमा आफू नरहेको कुरा रेडियो रुपान्तरनका संचारकर्मी धनबिर महतोले जनाएको छ। यसरी पुर्वाग्राही भई गठन भएको सो संजाल एकलौटी ढंगले गठन गरिएकोले सवैको सहमतिमा नगर पत्रकार संजाल गठनको लागि माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...