कपिलवस्तु जिल्ला प्रहरी द्वारा अबैध कुखुरा नष्ट

  • पुस २४, २०७७
  • २५८ पटक पढिएको
  • Pradesh Times
alt

धनी राम काेरी कपिलवस्तु , २४ पुस कपिलवस्तु जिल्लाको शुद्वाेधन गाउपालिका वडा नं ५ हथिहवादाेहनी बाट प्रहरी अबैध कुखुरा बरामद गरेर अाज नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेली र सशस्त्र प्रहरी बल नेपाल कपिलवस्तु सहितको संयुक्त टाेलीले भारत बाट अबैध रुपमा ल्याउदै गरेकाे ९ वटा साईकल मा वाेईलर जातकाे कुखुरा १७० गाेटा अन्दाजी ५ (पाच ) क्विन्टल र अन्दाजी मुल्य रु . १,९३,०००|- (एक लाख त्रीयानब्बे हजार ) काे अबैध कुखुरा बरामद गरिएको प्रहरीले जानकारी दिइएको छ । अबैध कुखुरालाई जिल्ला प्रहरी कार्यालय ल्याई जनप्रतिनिधि , पशु क्वारेन्टाइन कार्यालय कुष्णनगरकाे प्रतिनिधि , जिल्ला प्रशासन कार्यालयकाे प्रतिनिधि र पत्रकार काे राेहवरमा जिल्ला प्रहरी कार्यालय काे परिसरमा खाल्डो खनी नष्ट गरिएको र बरामद साईकलहरु सुठाैली भन्सार कार्यालय पठाउने पहल भईरहेकाे प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...