प्रदेश बिगठनले नयाँ द्वन्दको बिजारोपण हुन्छ : यादव

  • पुस २४, २०७७
  • २१५ पटक पढिएको
  • Pradesh Times
alt

कपिलवस्तु, २४ पुस जनता समाजबादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारीणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेश सरकार बिगठन गर्न खोजे मुलुकमा नयाँ द्वन्दको बिजारोपण हुने बताउनु भएको छ । जसपा कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका लागी जिल्ला आएका नेता यादवले सञ्चारकर्मीलाई नेकपाको आन्तरिक कलहले प्रदेश सरकार संकटमा पर्न थालेको बिषय ईगित गर्दै सो प्रतिक्रिया दिनु भएको हो । संसद भंग गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हाल्ने काम गरेको बताउदै प्रदेश सरकार बिगठनले नयाँ द्वन्दको बिजारोपण हुने वहाँको स्पष्टोक्ति थियो । केपी ओली सरकारले गरेको संसद बिगठनको कार्य असम्बैधानिक रहेको र संबिधानको मर्म र भावना बिपरित रहेको उहाँले स्पष्ट पार्नु भयो । राष्ट्रपतिको भुमिका प्रति समेत असन्तुष्टी जनाउदै यादवले संसद बिगठनले अराजकता र राजनैतिक अस्तिरतालाई बल मिलेको उहाँको भनाई थियो । आफनो पार्टीले सर्वोच्च अदालतले संबिधानको रक्षा गर्ने र व्याख्या गर्दै सकारात्मक फैसला दिनेमा बिस्वस्त रहेको बताउनु भयो । संबिधान प्रति आफुहरुको असहमती रहे पनि संबिधानको रक्षा प्राथमिकतामा रहेको यादवले बताउनु भयो । यादवले भने विगतका दिनमा आफुहरुले संविधानको संसोधन हुनु पर्ने माग रहे पनि अहिलेको अवस्थामा संविधान रक्षा नै हाम्रो प्राथामिकता रहेको बताउनु भएको छ । संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापना हुनु पर्ने आफुहरुको माग रहेको उहाँले बताउनु भएको छ । जनता सामाजवादी पार्टी कपिलवस्तुले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन संसद बिगठन अलोतान्त्रिक ,अम्बैधानिक र संबिधानको भावना बिपरीत भएको वाक्ताहरुको जोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...