सप्तरीमा एसएसबीद्वारा पुल निर्माण नरोक्ने प्रतिबद्धता

  • पुस २५, २०७७
  • १२२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माणकाे कार्य नराेक्ने प्रष्ट पारेको छ। नाम नबताउने शर्तमा एसएसबीका एक उच्च पदस्त अधिकारीले सो पुल निर्माणमा कुनै पनि अबरोध गर्ने आफुहरूको मनसाय नरहेको बताए।

हुलाकी राजमार्ग अन्तरगत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका ६ कटैयामा निर्माण हुन लागेकाे उक्त पुल नेपाल भित्रै पर्ने स्वीकार गर्दै आफुहरूले पुलको निर्माण कार्य रोक्ने नखोजेको उनले प्रष्ट पारे। यद्यपि सो क्षेत्रमा सीमान्कनको कार्य जारी रहेकोले सिमान्कनको काम टुङ्गिएपछी मात्र पुल निर्माण कार्य अघि बढाउन आफुहरूले नेपाली पक्षलाई आग्रह गरेको उनले बताए।

एसएसबी स्राेतले भन्याे,’ अहिले दुवै देशका अधिकारीहरू संलग्न भइ सीमामा सिमांकनकाे काम भैरहेकाेले तत्काल पुल निर्माण नगर्दा राम्रो हुन्छ, सिमांकनकाे काम सकिएपछि पुल निर्माणमा हाम्राे तर्फबाट कुनै आपत्ति हुनेछैन।’

सो पुल दशगजाबाट झन्डै ५० मिटर भित्र नेपाल तिर नै पर्छ । यद्यपि अन्तराष्ट्रिय मान्यता अनुसार सीमामा सिमांकनकाे काम चलिरहेकाे बेला दशगाजा क्षेत्रबाट झन्डै ५ सय मिटर वरिपरी कुनै भाैतिक संरचना निर्माण गर्न मिल्दैन।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...