कन्चनपुरमा घर निर्माणमा रोक लगाईएको समाचार गलत: एसएसबी

  • पुस २६, २०७७
  • १४० पटक पढिएको
  • Ram Pukar Yadav
alt

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै प्रकाशित गरिएको समाचारको एसएसबीले खण्डन गरेको छ।

केही सन्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो भिडियो प्रयोग गरेर एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको समाचार प्रशारण गरेपछी एसएसबीका एक अधिकारीले उक्त समाचारको खण्डन गरेका छन्।

नाम नबताउने शर्तमा सो अधिकारीले भने, “भिडियो यस्तो गरी प्रस्तुत गरिएको छ की एसएसबीद्वारा नेपाली मुक्तहलिया परिवारलाई घर बनाउन अवरोध खाडा गरिदैछ। तर यर्थातमा त्यस्तो कुनै पनि कार्य भारतीय पक्षबाट भएको छैन।”

ती अधिकारीले भारतीय सुरक्षाकर्मीद्वारा त्यस्ताे कुनै पनि प्रकारको गतिविधि नगरिएको प्रष्ट पार्दै सीमा नजिक बस्ने कुनै पनि नेपालीलाई समस्या पर्ने कार्य नगरिएको ठोकुवा गरे।

नेपालको सशस्त्र सीमा बललाई पनि यस विषयमा जानकारी गराइएको उनले बताए। नेपालको सशस्त्र सीमा बलबाट बुझ्दा पनि भारतीय सुरक्षाकर्मीद्वारा कंचनपुरमा त्यस्तो कुनै गतिविधि नभएकाे जानकारी प्राप्त भएकाे छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...