तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

  • पुस २८, २०७७
  • १३२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले यसअघि विरोध गरेका थिए । तर, भारतीय पक्षले भने उक्त क्षेत्रमा उखु तस्करीलाई रोक्‍न चेकपोइन्ट स्थापना गरिएको स्पष्ट पारेको छ ।

भारतीय सशस्त्र सीमा बल एसएसबीले भारतको पिलभीत जिल्ला र कञ्‍चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेकपोइन्ट स्थापना गरिएको जनाएको छ । यस सीमा क्षेत्रमा स्थानीयहरुले उखु बाली बिक्रीका लागि लैजाने गरेका छन् । यो उखुको सिजन भएका कारण एसएसबीका अधिकारीहरूले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेका छन् ।

पल्लभराज भट्टलगायतका स्थानी तथा स्थानीय मिडियाहरुले ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’ मा बनाइएको बताइरहेका छन् । उनीहरुले सामाजिक सञ्‍जालमा भारत र भारतीय एसएसबीविरोधी पोस्टहरु गरिरहेका छन् ।

एसएसबीका अधिकारीहरुले भने ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’ मा नभएको बताएका छन् । यस घटनाको बारेमा एसएसबी ४९ बटालियनले आफ्नो माथिल्लो निकायमा मौखिक रिपोर्ट गरिसकेको छ ।

भारतीय अधिकारीहरुले भनेका छन्, “उखुको तस्करी रोक्नका लागि अस्थायी चौकीहरु निर्माण गरिएका छन् । दशगजाको नजिकै रहेको चौकी राखिएको स्थान भारतमा पर्दछ र नेपाली अधिकारीहरूलाई यस विषयमा पूर्ण जानकारी छ ।”

राजनीतिक कारणले केही स्थानीयहरुले भारत विरोधी र एसएसबी विरोधी सन्देश पोस्ट गरिरहेको समेत भारतीय पक्षले जनाएको छ । भारतीय पक्षले भनेको छ, “तटबन्ध भारतीयतर्फ छ र भारतीय पक्षले नदी पार गरेको छैन । नदीको धारले हरेक वर्ष भूमिमा क्षति पुर्‍याएको छ र नेपाली पक्षले पनि आफ्नो छेउमा तटबन्ध निर्माण गर्नुपर्दछ अन्यथा स्वभाविकरुपमा बाढी आउँछ ।”

कुनै पनि नेपाली अधिकारीहरुले सीमा अतिक्रमण भएको विषयमा भारतीय पक्षलाई जानकारी गराएका नगरेको समेत भारतीय पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...