भारतले महाकाली मिचेको समाचारपछि भारतीय पक्षले भन्‍यो - हामीले खोला तरेका छैनौं

  • पुस २८, २०७७
  • १७०६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । भारतले महाकाली मिचेर बाँध बाँधेको समाचार प्रकाशित भएको थियो । विभिन्‍न नेपाली सञ्‍चारमाध्यमहरुमा भारतले महाकाली मिचेको भन्‍ने समाचारपछि भारतीय पक्षले उक्त पक्षमा ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले उक्त बाँध भारतीय क्षेत्रमा नै बाँधिएको बताएको छ । भारतीय पक्षले भनेको छ, “हामीले खोला तरेर नेपाली भूमिमा प्रवेश गरेका छैनौं ।”

महाकाली नदीको धार परिवर्तन भइरहेको छ । त्यसकारण नेपाली पक्षले पनि बाँध बाध्नुपर्ने सुझाव दिएको छ । भारतीय पक्षले भनेको छ, “नेपालले पनि आफ्नो क्षेत्रमा बाँध बाध्‍न आवश्यक छ । बाँध बाधिएन भने बाढी आउनु स्वभाविक छ ।”

भारतलाई हालसम्म कुनै नेपाली अधिकारीले उक्त भूमि दाबीसमेत नगरेको बताएको छ । भारतले भनेको छ, “नेपाली पक्षले दाबी गर्न आएमा भारतीय पक्षले दुई मुलुकको भातृ सम्बन्धका आधारमा नेपाली पक्षलाई यस विषयमा सम्झाउने छ ।”

महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको नेपाली सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...