लक्ष्मीपुर पतारी गाउँपालिकामा अस्थाई कोभिड अस्पतालको उद्धघाटन

  • माघ १, २०७७
  • १७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वार्ड नं. १ रामपुर प्र.ध मा बुधवार नवनिर्मित स्वास्थ्य चौकी तथा अस्थाई कोभिड अस्पतालको उद्धघाटन भएको छ । जग्गा दाता बिन्देश्वर साह ( हलुवाई ) ले सो अस्पताल निर्माणका लागि शुरुमा ४ कट्टा जगा दिएका थिए तर अस्पतालको लागि थप जग्गाको आवश्यकता भएको हुँदा बिन्देश्वर साहले अरु साढे तिन कट्टा दान गरी जम्मा साढे सात कट्टा जग्गा अस्तपाल निर्माणका लागि दान गरेको बिन्देश्वर साहले जनाएको छ । जग्गा दाता हलुवाईलाई लक्ष्मीपुर पतारी गाउँपालिकाले पटक–पटक स्वास्थ्य चौकी उद्धघाटनका लागि निम्तो दिएका थिए तर जग्गा दाताले निम्तो नस्वीकारे पनि गा.पा. प्रमुख रामवल्लभ साहको प्रमुख अथित्यमा कोभिड अस्थाई अस्पतालको उद्धघाट गरिएको छ । सम्पतीको नाउँमा केही जग्गा भएका ब्यक्ति जो चिया पसल गरि छोरालाई इन्जीनियर पढाउन सफल भएको छ । उहाँको सपना छ मैले तिन करोड वरावरको जग्गा दान गरी अस्पताल निर्माण गराउन सफलता हासिल भएकोले मेरो परिवारको एक जनालाई अनिवार्य जागिर सो अस्पतालमा पाउँने सपना थिए । तर गाउँपालिकाले म जग्गा दाताको अपेक्षालाई नवुझी १५ शैया बेड भएको अस्पतालको उद्धघाटन नगरी आज कोभिड अस्पतालको उद्धघाटन गरिरहँदा गाउँपालिका आफनै मनमर्जीले हिडिरेको कुराको आरोप लगाएका छन् । उद्धघाटन कार्यक्रममा जग्गादातालाई सम्मान र प्रमुख अतिथि चयन गर्न पाउँदा सुनमा सुगन्ध जस्तो हुने थिए । हेलो मिथिला सांस्कृतिक समूह जनकपुरधामद्धारा गरिएका मनोरन्जनात्मक कार्यक्रमले शोभा बढाए पनि जग्गा दातालाई सम्मावीना नै कार्यक्रम सम्मपन् भएकोले स्थानियहरुको मनको ढुकढुकीमा कार्यक्रम अधुरै रहेको स्थानियहरुको भनाई रहेको छ । स्थानियहरुले राजनितिक भाषनको कारण केही छिन तनाव उत्पन गराए थिए ।
निर्धन परिवार बिन्देश्वर साहले यो समाजको लागि उदाहरणीय काम गरेकोले मन्चमा सम्मानका लागि गा.पा. प्रमुखले आग्रह गरेका थिए । यो अस्पतालको भवन स्वास्थ्य चौकीको नामले दर्ता रहेको छ । जग्गादाता र रामपुरवासीले अस्पतालको उद्धघाटन गराउन जिद्यि गरि तनाव उत्पन गर्नु उचित नरहेको भने । यो राजनितिक मञ्च होईन । यो स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गर्न अरु जग्गाकोे आवश्यकता छ । केही दिनमै बर्थिङ्ग सेन्टर पनि शूरु गरि बिरामीहरुलाई आफ्नै यी नवनिर्मित भवनमा सेवा सुचारु गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...