कपिलवस्तु मा अबैध कुखुरा नष्ट

  • माघ १, २०७७
  • २३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तु , १ माघ / विजयनगर कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.१ नेवलागंज बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ६४ किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ६४ किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । विहिबार विहान करिब ८ः३० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा भन्सार नाका छली गरि ल्याउँदै गरेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी का सशस्त्र प्रहरी सहायक निरिक्षक गोविन्द बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । प्रहरीले बरामद गरिएको ६४ किलो कुखुराको मुल्य १९ हजार २ सय रुपियाँ बराबरको रहेको उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहरी सहायक निरिक्षक गोविन्द बहादुर श्रेष्ठको कमान्डमा ७ जना र ईलाका प्रहारी कार्यलय गणेशपुरबाट प्रहारी धन बहादुर अधिकारीकोे कमाण्डमा ५ जनको संयुक्त गस्ती टोलीलाई देख्ने बित्तिकै कुखुरालाई छोडेर भागेको श्रेष्ठले बताउनुभयो । प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...