कन्चनपुरमा भूमी मिचिएको समाचार ‘फेक’

  • माघ ३, २०७७
  • ५४१० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको र एसएसबीले नेपालीहरूलाई आफ्नै खेतमा जान नपाएको भन्दै आज एक राष्ट्रिय दैनिकमा आएको समाचार ‘फेक’ रहेको एसएसबीका एक अधिकारीले दावी गरेका छ्न। भारतीय पक्षले समाचारमा मिचिएको क्षेत्र भारतमै पर्ने र त्यहा उखु तस्करीलाई रोक्‍न चेकपोइन्ट स्थापना गरिएको स्पष्ट पारेको छ ।

नाम नबताउने शर्तमा एसएसबीका सो अधिकारीले भारतको पिलभीत जिल्ला र कञ्‍चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेकपोइन्ट स्थापना गरिएको बताए । यस सीमा क्षेत्रमा स्थानीयहरुले उखु बाली बिक्रीका लागि लैजाने गरेका छन् । यो उखुको सिजन भएका कारण एसएसबीका अधिकारीहरूले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेका छन् ।

यधपी समाचारमा ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’ मा बताइएको तर एसएसबीका अधिकारीहरुले भने ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’ मा नभएको बताएका छन् । यस घटनाको बारेमा एसएसबी ४९ बटालियनले आफ्नो माथिल्लो निकायमा मौखिक रिपोर्ट गरिसकेको छ ।

भारतीय अधिकारीहरुले भनेका छन्, “उखुको तस्करी रोक्नका लागि अस्थायी चौकीहरु निर्माण गरिएका छन् । दशगजाको नजिकै रहेको चौकी राखिएको स्थान भारतमा पर्दछ र नेपाली अधिकारीहरूलाई यस विषयमा पूर्ण जानकारी छ ।”

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...