वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित पुस्तक बिमोचन

  • माघ ३, २०७७
  • २३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाण्डौ । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ नामक पुस्तक बजारमा आएको छ । समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तक शताब्दिपुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले गर्नु भएको हो । ईतिहासविद् जोशीले विहिबार एक कार्यक्रम विच बखुम्बहाल मंगलबजार स्थित सत्यमोहन जोशी लोकसाहित्य भबनमा पुस्तक लोकार्पण गर्नु भएको थियो ।
लामो अध्यायन, खोज र संस्लेशन प्रष्ट झल्किएकाले यो नेपालकै ईतिहासमा दर्ज हुने कार्यक्रममा सहभागी हुनेहरुको भनाई छ । त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्काे अध्याय थपिएको बताउनु भयो । उनले बरिष्ट पत्रकार चेम्जोङ अब, ईतिहासकार पनि भएको बताउनु भयो । उनले पुस्तकको समिक्षात्मक टिप्पणी गरेका थिए । सिंगो पुस्तकको समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास् प्रस्तुत गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार पुस्तकमा नेपालको ईतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको छ ।
किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएको छ । पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य पस्किएको छ । ईतिहास अध्यायनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उहाँको भनाई थियो । पुस्तकका लागि पत्रकार एवम् ईतिहासकार चेम्जोङले २२ वर्ष लामो समय अध्यायनमा समय खर्चेको कार्यक्रममा जानकारी दिईयो । पुस्तक प्रकाशनको क्रममा उहाँले उदयपुरको कुनाकुना, कन्दराहरु चहारेका थिए । लेखक चेम्जोङले विमोचन समारोहमा बोल्दै आफ्नो बुबाले दिएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई पुस्तकतर्फ लागेको बताउनुभयो । उहाँले सदा ईतिहासको विद्यार्थिको रुपमा गहन अध्यायन र खोजका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । चेम्जोङद्धारा लिखित पुस्तक काठमाडौं, उदयपुर लगायत अन्य जिल्लाहरुको पुस्तक पसलहरुमा पाईनेछ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...