कृष्णनगरमा ब्यूटी पार्लर सम्बन्धी ३ महिने तालीम सुरु

  • माघ ४, २०७७
  • १६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कमलेश चन्द्र गुप्ता कपिलबस्तु - माघ ४ जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा ब्यूटी पार्लर सम्बन्धी ३ महिने तालीम आज देखि सुरु भएको छ। कृष्णनगर नगरपालिका वार्ड नं ९ को आर्थिक सहयोगमा र पूजा ब्यूटी पार्लरको आयोजनामा आज देखि ब्यूटी पार्लर सम्बन्धी ३ महिने तालीम सुरु भएको हो। कृष्णनगर नगरपालिका वार्ड नं ९ का वार्ड अध्यक्ष राम मिलन चौधरी र पूजा ब्यूटी पार्लरका प्रबंधक पूजा मोदनवालको अध्यक्षतामा तालीमको तालीम सुराम्भ भएको हो। कोरोना कहरकै बीच जनस्वास्थ्य मापदण्ड पालना गरेर २० जना महिलालाई रोजगार र उद्यमी बनाउने उद्धेश्यसहित तीन महिने ब्यूटी पार्लर सम्बन्धी तालीम ल्याएको कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगरपालिका वार्ड नं. ९ का वार्ड अध्यक्ष राम मिलन चौधरीले बताउनु भयो। सहभागीहरूलाई उद्यमी बनाई आर्थिक समृद्धिको बाटोमा हिडाउने उद्देश्य सहित आयोजना गरिएको तालिम निकै प्रभावकारी रहेको वार्ड अध्यक्ष चौधरीले बताए । उद्यमी बनि आत्मनिर्भर बन्न सकेमा समाजमा महिला माथी हुने हिंसा समेत कम हुन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...