प्रदेश १ : प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक, ओली समूहको बैठक स्थगित

  • माघ ६, २०७७
  • ११३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।

प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले समय अभावका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको बताए । उनले आफू उदयपुरमा रहेको बताउँदै समयमा नपुग्ने भएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।

‘म आफैं उदयपुर आएको छु, बिहान बोलाइएको बैठकमा उपस्थित हुन नभ्याउने भएपछि स्थगित गरियो,’ उनले भने ‘मुख्यमन्त्रीज्यूसँगको सल्लाहपछि भोलिसम्म अर्काे बैठक बोलाउछौं ।’

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँचजना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

नेकपा भित्रैको एउटा समूह कतै नखुलेपछि ओली समूहको बैठक रोकिएको हो । ‘५–६ जना प्रदेश सांसद न्यूट्रल छन्, कुनै बैठकमा नजाने भन्दै छन्,’ ओली समूहका एक नेताले भने, ‘तयारीका लागि छलफल स्थगित भयो ।’

प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गरे ।

बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार कांग्रेसले मंगलबार ११ बजे संसदीय दलको बैठक बोलाइएको बताए । उनका अनुसार बैठक प्रदेशसभा सचिवालय भवनमा बस्नेछ ।

 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...