मायादेवी गाउँपालिका मा पहिलो पटक थारु माघी महोत्सव सम्पन्न

  • माघ ६, २०७७
  • ३३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पाण्डे माघ ३ कपिलवस्तु कपिलवस्तुको मायादेवी गाउँपालिका पकड़ीको सहकार्य तथा जनजातिको संस्कृति तथा परम्परागत पहिचान कमिटिको आयोजनामा “थारु समुदायका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम २०७७” सुरु भएको छ । उक्त संस्कृतिक कार्यक्रम माघे संक्रान्तीको अवसरमा गाउँपालिका अन्तर्गत वडा नं. ३, फुलिकामा सुरु भएको हो । जिल्लाको मायादेवी गाउँपालिका मै पहिलो पटक आयोजित माघी महोत्सवमा थारु समुदायका संस्कृती तथा परम्परा पहिचानलाई विशेष रुपमा प्राथमिकता दिईएको छ । थारू समुदायमा माघीलाई महान तथा विशेष चाड पर्वको रुपमा मनाईन्छ । यस समुदायमा नयाँ वर्षको माघी अर्थात खिचडीबाट सुरु हुन्छ । मर्चवार सन्देश कपिलवस्तु शाखा प्रमुख सुरेश कुमार पाण्डेलाई आयोजक समितीका सुकदेव प्रसाद तिवारीले जानकारी दिदै भन्नु भयो” शुक्रबार वडा नम्बर ३ फुलीका ‘पहिलो पटक गाउँपालिकाको वडा ३ मा माघी तथा खिचडी महोत्सव’ सुरु भएको हो ।” महोत्सव माघ २ गते १ दिनको कार्यक्रम थियो जसको उद्घाटन संबिधान सभा सदस्य राम लौटन तिवारीले गर्नुभएको थियो । पहिलो दिन शुक्रबार थारु जातिको संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी र थारु जातिमा प्रचलित खानाका परिकारको प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थारु जातिका प्रसिद्ध झुमरा, लाठी, मयूर आदि नाचहरु प्रस्तुत गरिने आयोजकले बताएका छन् । यसैबीच महोत्सवको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले थारु संस्कृति संरक्षणमा जोड दिएका छन् । उद्घाटन सत्रमा प्रमुख अतिथि संबिधान सभा सदस्य राम लौटन तिवारी विशिष्ट अतिथि सम्पन्न कार्यक्रममा, मायादेवी गाउँपालिका अध्यक्ष श्री बजरंगी चौधरी , उपाध्यक्ष श्री गीता तिवारी, पूर्व गाबिस अध्यक्ष श्री वशिष्ठ पाण्डेय लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्री सुकदेव प्रसाद तिवारी ज्यु को संयोजनमा थारु कला संस्कृति तथा परिकारको प्रदर्शन गरिएको थियो। आदर्श मानव उत्थान केन्द्रको आयोजना तथा गाउपालिकाको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वले मन्तब्य राख्नु भएको थियो।सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। माघी पर्व थारु समुदायको नयाँ बर्ष भएको हुनाले गाउँपालिका र वडाम हुने यस्ता महोत्सवले थारुजातिको संरक्षण र संवद्धनमा टेवा पुग्ने उहाँहरुको भनाई छ । थारु कल्याणकारिणी सभा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बैतुल्ला धुनियाले गर्नुभएको थियो । गत बर्ष वडास्तरमा माघी महोत्सव भए पनि अबदेखि बर्षमा एकपटक एकैस्थानमा वृहत् माघी महोत्सव हुने मायादेवी क प्रमुख चौधरीले बताउनु भएको छ । त्यै अनुसार अहिले वडा नम्बर ३ फुलीका मा भएको र अरु बर्ष पनि यस्तै नई हुन्छ वडामा महोत्सव वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...