कोभिड नियन्त्रण अभियान स्कुल–स्कुलमा

  • माघ ६, २०७७
  • १८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

माघ ६, कपिलबस्तु । सुरेश कुमार पांडेय कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ । कपिलबस्तुका दक्षिणी क्षेत्रका बिद्यालयहरुमा बिशेष गरि गरिब, असहाय, दलित, मुस्लिम समुदायका बिद्यार्थीहरुलाई मास्क बितरण गरिएको हो । अभियानकै क्रममा मंगलबार कपिलबस्तु नगरपालिका वडा नम्बर २, बर्दहवा स्थित श्री गौतमबुद्ध प्राथमिक बिद्यालयमा लक्षित बालबालिकालाई ५ सय थान मास्क बितरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मुक्तार अहमद खांको अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालको संचालनमा भएको कार्यक्रममा उक्त सामग्री बितरण गरिएको हो । लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अन्र्तगत उक्त मास्क बिद्यालयमा हस्तान्तरण गरिएको हो । जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्त्रण सामग्री बितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीले बताउनुभएको छ । उहाले अन्य बिद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खांले बिद्यालयमा नियमित सहयोग उपलब्ध गराइएको प्रति कार्यक्रम आयोजकलाई आभार प्रकट गर्नुभयो । शिक्षा र समाजसेवाप्रतिको लगाव आयोजकपक्षको अझै बढ्दै जानुपर्नेमा समेत उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...