नेपालमा दुई छिमेकी : भारतले भ्याक्सिन दिँदै गर्दा चीनले नाकाबन्दी लगायो

  • माघ ९, २०७७
  • १५८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाल दुई विशाल छिमेकीहरुको बीचको स्वतन्त्र र सार्वभौम मुलुक हो । विश्व महामारीसँग लडिरहेको समयमा नेपाल पनि महामारीविरुद्ध संघर्ष गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि केही समयमा लागि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिए । तर, मुलुकको कमजोर आर्थिक अवस्थाका कारण त्यो प्रतिबन्धात्मक उपाय लामो समय राख्‍न सम्भव थिएन ।

त्यसकारण केही नियमहरु खुकुलो पार्दै छिमेकी मुलुकहरुबाट सामानहरुको आयात भने खुलै राखेको थियो । तर, चीनले भने नेपाल-चीन सीमामा भने अघोषित नाकाबन्दी गर्‍यो । नेपाली व्यापारीले सामग्रीहरु सीमा क्षेत्रमै सडे । नेपालको राजनीतिक मामिलामा हस्तक्षेप बढाएको चीनले सीमा नाका खोल्ने विषयमा भने कुनै पहल गर्न चाहेन ।

चीन सीमामा करोडौंको सामग्रीहरु अलपत्र परेपछि व्यापारीहरु मानसिक तनावमा परे । काठमाडौंका एकजना व्यापारीले आत्महत्यासमेत गरे । उनको सामन हाल पनि नेपाल-चीन सीमामै अलपत्र छ ।

तर, भारत विरोधी राष्ट्रवादीलाई हतियार प्रयोग गर्दै आफ्नो सत्ताको आयु लम्ब्याइरहेका थिए । कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएपछि उनले संसद् विघटनसमेत गरे । भारतको जति विरोध गरे पनि असल छिमेकी भनेको संकटको समयमै काम आउँछ भनेजस्तै महामारीविरुद्ध लडिरहेको भारतले नेपाललाई ठूलो सहयोग गर्दै आएको थियो ।

हाल पनि जनवरी १६ मा देशभर खोप अभियान सुरु गरेको भारतले पाँच दिनभित्रै नेपाललाई समेत उपलब्ध गराएको छ । भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको हो ।

चीनले नेपालका विभिन्‍न चिनियाँ परियोजनामा कार्यरत मजदूरहरुलाई खोप लगाए पनि सोही परियोजनामा कार्यरत नेपालीहरुलाई भने खोप लगाइएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, होङ्सी सिमेन्ट लगायतका कम्पनीमा चिनियाँ मजदूरहरु कार्यरत छन् । उनीहरुले सोही परियोजनामा कार्यरत नेपाली मजदूरहरुको भने बेवास्ता गरेका छन् ।

यद्पि हाल चिनियाँ खोप भने विश्‍वभरका विभिन्‍न मुलुकहरुमा स्वीकार भने गरिएको छैन । चिनियाँ खोप ५० प्रतिशत मात्रै प्रभावकारी भएका कारण यस खोपप्रति विश्‍वसनीयता पनि घट्दै गएको छ । यतिसम्मकी चीनको सदाबहार मित्र टर्की नागरिकले पनि चिनियाँ खोप लगाउन अस्वीकार गरेको अवस्था छ ।

केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । कतिपय सामानहरु नाकाभन्दा टाढा नै अड्किएर व्यवसायी पीडामा परेका छन् । समुन्द्री मार्ग हुँदै सामान आयात गर्नुपर्दा ढुवानी खर्च बढ्न गई नेपाली बजारमा चिनियाँ सामानको मूल्य चुलिएको छ । सरकारले कूटनीतिक पहल गर्दा पनि चीन सकारात्मक बन्न सकेको छैन ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनतर्फ ढल्केको बुझाईका आधारमा नाकामा कडाई गरेको बुझिएको छ । विगतमा पनि चीनले भूकम्पपछि तातोपानी नाका बन्द गरेको थियो । नाका खोलेपनि फेरि कोभिडको कारण जनाउँदै कडाई गरेको छ । जहाँ सामान काम नलाग्ने गरी चिनियाँ क्षेत्रमा बिग्रिएका छन् । यसले सयौंको संख्यामा व्यापारी डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...