सन्जय बचाउ अभियानमा वाडा अध्यक्ष देखि प्रजिअ सम्मको सक्रियता

  • माघ ९, २०७७
  • ३१९ पटक पढिएको
alt

सिरहा । संजय बचाउ अभियान "को आज दोस्रो दिन सिरहा नगरपालिका वडा न ११ का वडाध्यक्ष बिनोद कामतीले १ क्विन्टल दाउरा सहयोग गर्नुभएको छ ।

सिरहा प्रहरी कार्यालय अगाडिको एउटा पसलको ब्रन्डामा रात बिताउन विवश संजयलाई जाडोवाट वचाउन दाउरा उपलव्ध गराएको वडाध्यक्ष कामतीले वताउनु भयो । हिजो मात्रै सिरहाका सिडियो प्रदीपराज कंडेलले २ थान कम्वल , जिल्ला अस्पताल सिरहाका प्रमुख डा नागेन्द्र यादवले १ थान झुल, चिकित्सकीय सेवा सहित औषधि र बिनोद साहले न्यानो कपडा उपलव्ध गराउनुभएको थियो ।

जाडोमा न्यानो लुगा , तातातो खाना र हावालाइ छेक्न सकिने वास अभावका कारण संजयको स्वास्थ्य समस्या निम्तिएको उपचारमा संलग्न डाक्टरले बताए । ४२ वर्षिय संजयको आफन्त कोहिपनी नरहेको र लगभग १५ वर्षदेखी त्यही ब्रन्डामा बस्दै आएको स्थानीयहरु बताउछन । संजयलाइ बिनोद साह र बाबा होटेलका पवन साहले खाना नास्ता खुवादै खुवाइरहेको स्थानियहरुको भनाइ छ । लकडाउनमा होटेल बन्द भएको कारण खानाको अभाव र अहिलेको चिसोको कारण स्वास्थ्यमा समस्या आएको स्थानीय बिरेन्द्र यादव वताए । संजय मानसिक अपाङ्गता भएका ब्यक्ती हुन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...