मोटरसाईकमा बसेर पेस्तोल हल्लाउदै घुमिरहेको तिन जना पक्राउ

  • माघ ९, २०७७
  • ४०८ पटक पढिएको
  • Pradesh Times
alt

राजेश कुमार शर्मा बिराटनगर / बिराटनगरको सिमावर्ति एरिया भारतको जोगबनीमा बिहिवार मोटरसाईकलमा सवार व्यक्तिहरु हाथमा पेस्तोल हल्लाउदै हिडिरहेको अवस्थामा भरतिय सिमा सुरक्षा बल एस.एस.बी. ले तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएका छन । सिमा सुरक्षा बल एस.एस.बी. को ५६औ वाहिनी तेलीयारी र जोगबनी बिओपिको सुरक्षाकर्मीहरु द्वारा नेपाल भारत सिमा स्तम्भ १८१/१ मेनगेट नजिक एक मोटरसाईकलमा सवार तिनजना व्यक्तिको साथ बाट एक थान पेस्तोल र चार राउंड गोली सहित नियंत्रणमा लिएको छ । जसमा जोगबनी पटेल नगर बस्ने वर्ष १९ को राहुल कुमार दुबे, जोगबनी नेताचौक बस्ने वर्ष २६ को संजय कुमार मन्डल र जोगबनी हाईस्कुल बस्ने वर्ष १८ को राजु कुमार मन्डललाई पेस्तोल हल्लाउदै गरिरहेको अवस्थामा नियंत्रणमा लिएको हो । त्यही पक्राउ परेका तिनै जनाले प्रयोग गरेको मोटरसाईकल पनि जफ़त गरिएको छ । उक्त पक्राउ अभियानमा एस.एस.बी. को एसआई राहुल कुमार कौसिक, एएसआई चन्दन सिंह, हेड कांस्टेबल राजिब रंजन, जयश्री कुमार संतोष कुमार रजक, धर्मेन्द्र कुमार र अशोक कुमार मीणा लगायतका सुरक्षाकर्मीहरु लागीपरेका थिए । सिमा सुरक्षा बल एस.एस.बी. ले पक्राउ गरेका व्यक्ति र मोटरसाईकल आवश्यक कार्वाहीको लागी कागजी प्रक्रिया पुरा गरी जोगबनी थानालाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...