नवलपरासीमा पाच लाख मूल्य बराबरको अवैध मालसामान बरामद

  • माघ ११, २०७७
  • १८५ पटक पढिएको
alt

 उर्मिला यादव माघ ११ नवलपरासी  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आज आइतबार करीब ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर (केराउ) र ४ बोरामा ८० किलो मुरली मकै प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको हो । उक्त मटर (केराउ) र मकै मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा र १९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा सुस्ता गांउपालिका वडा नं.१ छघरे स्थित सिसौं घारीबाट बरामद गरेको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...