पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

  • माघ १४, २०७७
  • १६९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरूले पाकिस्तानमा हिन्दुत्वमाथि कुठाराघात बन्द गर, पाकिस्तानमा मानवअधिकार सुनिश्चित होस्, स्वामी परमहन्सको समाधीस्थलको पुनर्निर्माण गर र हिन्दु बालिका अपहरण बन्द गर लगायतका नारा लगाएका थिए।

अभियानका संयोजक विनय यादवले पाकिस्तानमा स्वामी परमहन्सको समाधीस्थल तोडफोडको विरुद्धमा बिरोध प्रदर्शन गरिएको बताए। उनले पाकिस्तानमा हिन्दु तथा अल्पसंख्यकमाथी हुने हत्या, हिंसा, अपहरणको विरुद्धमा र मानवताको पक्षमा एकबद्ध हुन सबैलाइ आह्वान गरे।

पाकिस्तानमा ती हिन्दु सन्तको समाधीस्थल ३० डिसेम्बर २०२० मा मुस्लिम कट्टरपन्थीहरूले भत्काएका थिए। स्थानीय मुस्लिम जनताको आक्रोसित भीडले पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कारक जिल्ला टेरी गाउँमा रहेको हिन्दू मन्दिर र उक्त समाधीस्थल ध्वस्त पारिदिएको थियो।

यो ठाउँ पाकिस्तानको राजधानी इस्लामाबाददेखि ३ सय किलोमिटर टाढा छ। शताब्दी पुरानो मन्दिरमा मन्दिर र हिन्दु संत श्री परमहंस जी महाराजको स्थायी विश्राम स्थान छ जुन एक शताब्दी अघि मरेका थिए र त्यहि ठाउँमा दफन गरिएको थियो।

        

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...