समता र समाबेशी शिक्षा सम्बन्धी पाच दिने शिक्षण सिकाइ सीप अभिबृधी तालिम सम्पन्न

  • माघ १६, २०७७
  • २७१ पटक पढिएको
  • धर्मेन्द्र कुमार यादव-महोत्तरी
alt

महोत्तरी माघ १६  महोत्तरी, समता र समाबेशी सम्बन्धी पाच दिने शिक्षण सिकाइ सीप अभिबृधी तालिम सोमबार बाट बर्दिबासमा सम्पन्न भएको छ। महोत्तरी जिल्लाको सोनमा गाउपालिका भित्र रहेको सम्पुर्ण सामुदायिक बिद्यालयका कक्षा १-३ सम्म अध्यापन गराइरहेका शिक्षक शिक्षिका हरुलाइ समता र समाबेशी सम्बन्धी पाच दिने शिक्षण सिकाइ सीप अभिबृधी तालिम सम्पन्न भएको छ। बर्दिबासको शिशमहल होटलमा सोमबार सुरु भएका तालिममा सोनमा गाउपालिका का जम्मा ३० जना शिक्षक शिक्षिक सहभागी भएका थिए। सोमबार बाट शुरु भएका तालिममा प्रारम्भिक कक्षा शिकाइ कार्यक्रममा मातृभषामा कसरी शिक्षन सिकाइ गर्ने बारे व्यापक छलफल भएको छ। प्रारम्भिक कक्षा शिकाइ कार्यक्रमका भाषाका तत्वहरु र गणित बिषयका तत्वहरुको बिस्तृतमा प्रशिक्षन दिएको थियो। बिद्यालयमा समता र समाबेशी शिक्षा सम्बन्धी शिक्षण सिकाइमा ध्यान दिनु पर्ने माथी जोड दिएका थिए। समापन कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै सोनमा गाउपालिकाका शिक्षा संयोजक राजकुमार साहले भनु भयो कि शिक्षकहरुलाइ पेशा मियो तर पेशागत भएको छैन, अगामी दिनहरुमा यस्तै रिफ्रेस तालिमहरु गराइने छ, त्यस्तै सहभागीको तर्फ बाट बोल्दै राम नरेश यादवले भनु भयो कि यस तालिमबाट हामी रिचार्ज भएका छौ, तालिममा गराइका क्रीयाकलाप बाट अध्यापन गराउन धेरै उर्जा मिल्ने छ। जारी तालिम सोमबारबाट शुरु भइ शुक्रबार सम्पन भएका छन। समाज बिकास केन्द्रको संयोकत्वमा शुरु भएको कार्यक्रमको सहयोगी सोनमा गाउपालिकाको कार्यालय तथा विश्व शिक्षा रहेको छ त्यस्तै अर्को सहयोगी युनिसेफ रहेको छ। कार्यक्रममा समाज बिकास केन्द्रका कार्यक्रम संयोजक अनबर प्रवेज, विश्व शिक्षाका रिशी माया चौधरी तथा प्रशिक्षक अन्जनी ठाकुर तथा चन्देश्वर साह लगायत शिक्षक शिक्षिका हरु सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...