कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र नगर प्रमुख शाह द्वारा उद्घाटन

  • माघ १६, २०७७
  • १८२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णनगर, माघ १६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमंत्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा नगर प्रमुख रजत प्रताप शाह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वागत डा. नागेश्वर प्रसाद मिश्र ले गर्नुभयो भने कार्यक्रमको बारेमा कविराज निरिक्षक हरिलाल उपाध्याय ले प्रकाश पार्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले नागरिक आरोग्य सेवा केन्द्रको सेवा आजबाट सुरू हुने र सबैलाई निरोगी र स्वास्थ्य बनाउने उद्देश्यका साथ सेवा सुरू भएको बताउदै नमुना नागरिक आरोग्य सेवा केन्द्र बनाउन समेत आफूहरु पहल गर्ने बताउनुभयो ।रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि कारगर रहेको बताउदै नागरिक आरोग्य सेवा केन्द्रको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, बैद्य खुमा के. सी., इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेल, वि.ओ. पी. कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य, कृष्णनगर नगरपालिका का विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, कृष्णनगर नगरपालिका विभिन्न शाखाका प्रमुखहरु, कार्यक्रम सिफारिश समिति सदस्य कृष्ण कुमार गुप्ता, सीता जि. सी. लगायत अन्यको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...