महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’

  • माघ २२, २०७७
  • १६० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । भारत स्थित उत्तराखण्डको पिथौरागढ जिल्लाको मालपास्थित महाकाली नदीमा रहेको ताल फुट्ने सम्भावना रहेको भन्दै सरकारले ‘अलर्ट’ जारी गरेको छ। जिल्ला प्रशासनले जारी गरेको ‘अलर्ट’पछि भारतीय प्रशासन पनि सतर्क बनेको छ। महाकाली र शारदाको किनारमा काम गर्ने मानिसहरु र बासोबास गर्ने जनतालाई सचेत गराउने उद्धेश्यले सो अलर्ट जारी गरिएको हो।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले तयार पारेको एक प्रतिवेदन अनुसार दार्चुलाको मालपास्थित महाकाली नदीमा रहेको ताल कुनै पनि समय फुट्न सक्ने आशंका गरिएको छ।

यदि ताल फुट्यो भने यसमा जम्मा भएको पानीले विनाश निम्त्याउन सक्छ। टनकपुरका जिल्ला प्रशासन प्रमुख हिमांशु काफल्टियाले नेपाल प्रशासनले जारी गरेको अलर्टको बारेमा जानकारी रहेको बताउदै आफुहरू पनि सतर्क रहेको जनाए।

सावधानीका रूपमा एनएचपीसी र उत्खननमा संलग्न मजदुरहरूलाई टनकपुर ब्यारेज प्रशासनलाई सचेत गराउन निर्देशन दिइएको छ। उनले नेपाल प्रशासनको यो प्रतिवेदनको बारेमा थप सूचना संकलन भइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...