नेपाललाई चीनको चेतावनी – कागजात पछि दिइन्छ, सिनोभ्याक खोप तुरुन्त लग्‍नू

  • माघ २३, २०७७
  • २४१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपालमा चिनियाँ आपूर्तिसम्बन्धमा नेपाल सरकारले प्रश्‍न उठाएपछि चीनले कागजात पछि उपलब्ध गराइने र अहिले खोप लैजान चेतावनी दिएको छ । यसअघि नेपाल सरकारले खोप आपूर्ति गर्ने कम्पनीले आवश्यक कागजात उपलब्ध नगराएको भन्दै चिनियाँ दूतावासालाई पत्र पठाएको थियो ।

नेपालमा खोप आपूर्तिका लागि दुईवटा चिनियाँ कम्पनीले अनुमति माग गरेको र प्रक्रिया पूरा नगरेको भन्दै स्पष्ट पार्न दूतावासालाई आग्रह गरिएको थियो । नेपालमा चिनियाँ खोप आपूर्तिका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ ले अनुमतिका लागि आवेदन दिएका हुन् । ती मध्ये खोप आयातका लागि कुन कम्पनी आधिकारिक कम्पनी हो भन्ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘पी एन्ड जी होल्डिङ्स’ ले सिंगापुरको कम्पनी ‘ब्लु स्टोन ग्लोबल टेक्नोलोजी प्राइभेट लिमिटेड’ मार्फत् खोप आपूर्ति गर्ने भन्दै मूल्यसूचीसहित औषधि व्यवस्था विभागमा अनुमति माग गरेको छ । तर, ‘पी एन्ड जी’ ले पनि खोप आपूर्तिका लागि आवश्यक पर्ने कागजातहरु भने उपलब्ध गराएको छैन ।

हालसम्म औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ लाई मात्रै शसर्त आपतकालीन प्रयोग अनुमति दिएको छ । खोप ल्याउनुअघि प्रयोगका लागि उपयुक्त छ कि छैन भनेर अध्ययनपछि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने प्रावधान छ । तर, चिनियाँ खोप प्रयोगका लागि नेपाल सरकारले अनुमति पनि दिएको छैन ।

नेपालस्थिति चिनियाँ दूतावासले नेपालको पत्रको जवाफ चेतावनीपूर्ण भाषमा पठाएको छ । नेपाललाई पठाएको पत्रमा भनिएको छ,”चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड-१९ खोपहरूको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन र पुर्‍याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानुनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।”

अहिले खोप नेपालले नलगे पछि उपलब्ध हुननसक्नेसमेत चिनियाँ दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...