टिमुरे सुख्खा बन्दरगाह निर्माणको ११ प्रतिशत मात्रै काम, अबको ८ महिनामा कसरी सकिन्छ ?

  • माघ २३, २०७७
  • १४९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । रसुवास्थित टिमुरे सुख्खा बन्दरगाह निर्माणको जिम्मा लिएको चीनले हालसम्म ११ प्रतिशतमात्रै काम भएको छ । परराष्ट्र मन्त्रलयले चिनियाँ दूतावासलाई एक पत्र पठाउँदै नेपालमा चिनियाँ कम्पनीहरुले जिम्मा पाएका परियोजनाको निर्माण कार्य निकै सुस्त भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

चीन र नेपालबीच १२ मे, २०१९ मा रसुवाको टिमुरे सुख्खा बन्दरगाह निर्माणको सम्झौता भएको थियो । सम्झौताका क्रममा उक्त परियोजना ३० डिसेम्बर २०२१ मा सम्पन्‍न गर्ने बताइएको छ । तर, निर्माण कार्य सम्पन्‍न हुन ८ महिनामात्रै बाँकी रहँदा ११ प्रतिशतमात्रै काम सम्पन्‍न भएको छ ।

परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, “उक्त सम्झौता बमोजिम, टिमुर ड्राई पोर्ट परियोजना निर्माण कार्य सुरु भएको मितिदेखि ३० महिनाभित्र पूरा गर्नुपर्नेछ । अर्थात २०२१ सम्म डिसेम्बरसम्म ३० सम्म सम्मन्‍न गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीले सरकारको सम्बन्धित अधिकारीलाई पेश गरेको प्रगति प्रतिवेदन बमोजिम नेपालका हालसम्म कुल निर्माण कार्यमा ११ प्रतिशत मात्र काम सकिएको छ ।”

अहिले निर्माण कार्य रोकिएको छ । निर्माण क्षेत्रमा रहेका चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन चीन फर्किएपछि काम अलपत्र परेको हो । केही मानिसहरु गत वर्षदेखि काममा फर्किएका छैनन् ।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धका साथै दुई देशबीचको द्विपक्षीय व्यापार र कनेक्टिभिटीलाई अझ सुदृढ पार्ने महत्त्वलाई ध्यानमा राख्दै मन्त्रालयले दूतावासलाई जन गणतन्त्रका सम्बन्धित अधिकारीहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...