ओली र प्रचण्डलाई काङ्ग्रेस नेताको प्रश्न: चीनले सिमा मिच्दा किन बोल्न सक्नुभएन?

  • फागुन ३, २०७७
  • ११८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली भूमि एक इन्च पनि मिचिए सैह्य नहुने बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा सोमबार आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् ।


“अहिले पनि सीमामा गतिविधिहरु भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ,” नेता साउदले भने ।

उनले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मानसमेत व्यक्त गरे । “म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरुले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलामा गर्न चाहन्छु,” नेता साउदले भने ।

उनले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भनदै आपत्तिसमेत जनाए । “भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो । भारतसँग सीम विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरु आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्‍न हुनुभयो,” नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, “चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।”

उनले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए । “नेपाली कांग्रेस विधिको शासन मान्छ । कानुनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,” नेता साउदले भने ।

उनले प्रतिनिधि सभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे । “यो सरकारले गरेको काम एक व्यक्ति केपी ओललिे गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भलनाथ पनि, वामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुबैले लिनुपर्छ,” नेता साउदले भने ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...