दमकमा निर्माणाधीन क्लिन पार्कका पीडितको न्यायका लागि लिम्बुवानले प्रर्दशन गर्दै

  • फागुन ५, २०७७
  • १३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

बिर्तामोड । चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति मार्फत छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।

संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

मञ्चले वर्तमान सरकारको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोध गर्दै देशको विद्यमान राजनीतिक समस्यालाई तत्काल समाधान गर्न विगठित प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गरेको छ ।

साथै प्रदेश न. १ को नामाकरण लिम्बुवान, खम्बुवान/किरात घोषणा गर्न माग गरेको छ । साथै शक्तिशाली सर्वजातीय सभा गठन गर्न समेत मञ्चले विज्ञप्ति मार्फत माग गरेको हो ।

आदिवासी जनजातिहरुको आइएलओ १६९ प्रत्याभूत गरेको जल, जंगल र जमिन माथिको हस्तक्षेप तत्काल बन्द गर्न समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

यसैबीच संघीय लिम्बुवान मञ्च नेपालले बुधबार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...