हंसपुरका मेयर र उपमेयर पक्षधरबीच झडप, प्रहरीको लाठी चार्जबाट उपमेयरसहित आधा दर्जन घाइते,अबस्था तनाबग्रस्त

  • साउन २१, २०७६
  • ३११ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ । सोमबार दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नं. २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्रीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था नाजुक रहेको छ । उनको स्थानीय स्थरमा उपचार भई थप उपचारका लागि जनकपुर अञचल अस्पतालमा पठाइएको जनाइएको छ । स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरका घरेलु हातहतियारसहित दुई ट्याक्टर ५०-६० जनाको समूह आएको थियो । तर, उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरका घरेलु हातहतियारसहित दुई ट्याक्टर ५०-६० जनाको समूह आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...