चीनकाे खतरनाक ऋण जाल: ‘हम्बानटोटा पोर्ट चीनले १९८ वर्ष भाडामा लिन सक्छ’

  • फागुन १३, २०७७
  • १५३३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं : चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा भएकाे छ। हम्बानटोटा द्वीपमा अवस्थित उक्त बन्दरगाह र औद्योगिक क्षेत्र समेत चीनको ८० प्रतिशत लगानी रहेको एक कम्पनीलाई १९८ वर्षसम्म भाडा लिन सक्ने खुलासा भएकाे हाे।

श्रीलंकाका विदेश मन्त्री दिनेश गुणवर्देनाले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा गरेकाे हुन्। विदेश मन्त्री गुणवर्देनाले सिलोन टुडे समाचार पत्रसँग कुरा गर्दै भने,’अघिल्लो सरकारको गल्तीका कारण दुई देशको सम्झौतामा ९९ सय वर्षका लागि चीनले भाडामा लिएको हम्बानटोटा पोर्ट त्यसपछि पनि उसैले भाडामा लिन सक्ने प्रावधान रहेको छ।’

‘एमओयूमा ९९ वर्षको लिज अवधि थप लम्ब्याउन सकिने भनेको छ। यो भनेको ९९ वर्षपछि जति वर्ष पनि थप्न मिल्छ, थप ९९ वर्ष पुर्‍याए पनि हुन्छ,’ गुणवर्देनाले थप्दै भनेका छन्। १अर्ब बढी डलर खर्चेर बनाइएको हम्बानटोटा पोर्टमा अन्तर्राष्ट्रिय चासो छ। चीनका आलोचकहरूले बिआरईमार्फत् बेइजिङले कसरी गरिब मुलुकलाई ऋणको पासो (डेट ट्र्याप) मा पार्छ भन्ने यो प्रतिनिधि प्रोजेक्ट भएको बताउँदै आएका छन्।

दक्षिणी श्रीलंकामा रहेको हम्बानटोटालाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले श्रीलंका सरकारले चीनसँग ऋण लिएर पोर्ट बनाएको थियो। अपेक्षित व्यापार नभएर ऋण तिर्न मुस्किल भएपछि ९९ वर्षमा १.२ अर्ब डलर उठाउने गरी श्रीलंकाले यो पोर्ट चिनियाँ सरकारी स्वामित्व रहेको कम्पनीलाई भाडामा दिएको छ।

सन् २०१९ मा श्रीलंकाको राष्ट्रपति बनेपछि गोटवाया राजापाक्षेले सन् २०१७ मा चीनसँग भएको हम्बानटोटा पोर्ट सम्झौतामा संशोधन गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...