सिद्धबाबा मा बि ले मनायो ३५ औ वार्षिक उत्सव

  • फागुन १४, २०७७
  • २३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

दिपेन्द्र खत्री -१४ फागुन गुल्मी ।आज सिद्धबाबा माध्यमिक विधालयको ३५ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । २०४२ साल फागुन १४ गते स्थापना भएको विद्यालयले हरेक फागुन १४ गते आफ्नो वार्षिक उत्सव मनाउदँै आएको छ । आज भएको कार्यक्रमामा रेसुङ्गा नगरपालिकाका मेयर डिलिराज भुसालको प्रमुख आथित्याता रहेको कार्यक्रममा अविभावक, शिक्षा प्रेमी, बुद्घीजिवी र राजनितिक दलका नेताहरुको पनि विशेष उपस्थिती रहेको थियो । सो कार्यक्रम मा बोल्दै मेयर भुसालले जिल्लामा धेरै बिद्यालय भए पनि उक्त बिधालय नमुनाका रुपमा रहेको बताउनु भयो। बाईटः डिलिराज भुसाल, मेयर रेसुङ्गा नगरपालिका वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक सामाग्रीहरुको प्रर्दशन समेत गरेको थियो । विद्यार्थीहरुले प्रयोगमा ल्याउने विषय अङ्गग्रेजी,नेपाली,विज्ञान,पेशा व्यावसाय र सामाजिक विषयका शैक्षिक सामाग्रीहरु प्रर्दशन गरेका थिए । उक्त बिद्यालयका विज्ञान संकायका विधार्थीहरुद्धारा निर्मित वैज्ञानीक सामाग्रीहरु प्रर्दशन गरेका थिए । कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न संकायमा अध्यानरत विधार्थीहरुलाई छात्रवृति समेत वितरण गरेको थियो । सोहि अबसरमा विद्यालयका शिक्षक र विद्यार्थीहरु तथा पुर्व विधार्थीहरुलाई लाई सम्मान समेत गरेको थियो । विद्यालयका सहायक प्रधानध्यापक युबराज अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष भरत भलामी को अध्यक्षातामा कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रमको संचालन विद्यार्थी लक्ष्मण भण्डारी,प्रसुना विश्वकर्मा ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...