पश्चिम नवलपरासीमा १ लाख ७६ हजार बराबरको ६ वटा बाख्रा र अवैध मालसामान बरामद

  • फागुन १६, २०७७
  • २४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 उर्मिला यादव यात्री फागुन १६जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको जिल्लाको बिभिन्न स्थानबाट करीब एक लाख ७६ हजार ९ सय ७६ रुपैया मुल्य बराबरको ६ वटा बाख्रा र बिभिन्न मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले आइतबार भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ६ वटा बाख्रा पाल्हीनन्दन गाँउपालिका वडा नम्बर १ झरहीखोलाबाट बरामद गरेको हो । उक्त बाख्रा मानिसले डोरीमा बाधी डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि बाख्रा छोडि मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका बाख्राको प्रति गोटा ९ हजारका दरले अन्दाजी ५४ हजार मुल्य बराबर रहेको छ भने बरामद भएका बाख्रा आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । त्यस्तै गरी ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ५८ हजार ९ सय ७६ रुपैया मुल्य बराबरको पिकअप गाडीको गियर बक्स २ वटा र हरपट्टा सरफ १सय २ किलो पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सीपुर बाट बरामद गरेको जनाएको छ । त्यस्तै गरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करीब ६४ हजार मुल्य बराबरको २ वटा बोरामा ६४ सेट कुर्था सुरुवालको कपडा बर्दघाट नगरपालिका वडा नंम्बर ४ त्रिवेणी चोक बाट बरामद गरेको छ । बरामद भएका सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...