सप्तरीमाअन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ हुने

  • फागुन १८, २०७७
  • ६५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिरेन्द्र प्रसाद नेपाल लहान, फाल्गुन १८ गते । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ ४० लाखको बजेटममा आयोजना गरिएको छ । महायज्ञको सफताको लागि आज पत्रकार सम्मेलन गरिएका थिए ।

सो सम्मेलनमा सिरहा जिल्लाका पत्रकारहरुः महेश सिंह, हर्षित नेपाल पत्रिकाको सम्पादक÷प्रकाशकः बिरेन्द्र प्रसाद नेपाल, शम्भु चौधरी र सप्तरी जिल्लाका पत्रकार मनोज बनैता, रासिन्द्र यादव लगायत करिव एक दर्जन भन्दा बढी सप्तरीका पत्रकारहरुको उपस्थित रहेका थिए । यो यज्ञको अध्यक्ष शंकर गुप्ता, बलान बिहुल गाउँपालिकाको अध्यक्षः दयानन्द गोईत, उपमेयर रुवी गुप्ता, बेल्ही वार्ड नं.४ का वडा अध्यक्ष हन्सु मियाँ स्थानि भद्रभलादमी, बृद्धिजीवी, समाजसेवीहरुको उपस्थित रहेका थिए ।

महायज्ञकर्ताः श्री श्री १०८ देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा हुन गईरहेको छ । कलश यात्राः मिति २०७७÷११÷२१ गते र २२ गते देखि १० दिन सम्म यज्ञ हुने कुरा सो यज्ञको अध्यक्ष शंकर गुप्ताले जानकारी गराएको छ । बेल्ही भने ठाउँ नेपाल र भारतको सिमाना नजिँकै पर्ने हुँदा भारतिय भक्तजनहरु समेत भित्रिने भएकोले यो यज्ञमा साठी हजार भन्दा वढी मानिसहरु सहज रुपमा अटिने क्षमता भएको भौतिक पूर्वाधार निर्माण गरिबनाएकोले यो यज्ञलाई अन्तर्रष्ट्रिय महायज्ञ भनेको कुरा जनकपुरवाट पाल्नु भएका बाबा रामरत्न दासले बताएको छ । यो यज्ञमा प्रवचन कर्ताः डा.मानस मधुकर जी अयोध्या बराछौनीवाट पाल्नु भएको छ ।

त्यहा भगवानका भौतिकरुपी सयौ किसिमका मूर्तिहरु बनाउन मूर्तिकार राजेश पंडित, मुजफरपुरवाट पाल्नुका साथै गौतम रासलिला एवं रामलिला लगायत मनोरंजनात्म कार्यक्रमको समेत आयोजना गरिएको छ । बलान बिहुल गाउँपालिकाको अध्यक्षले भने यो बिशाल महायज्ञमा व्यवस्थापन समिती र स्थानियहरुको निगरानीको कारण कुनै किसिमको त्रुटी हुन दिदैनौ भने प्रबद्धता गरे । १० वटा सौचालयहरु निर्माण गरेको छ भने बेल्ही चौक देखि यज्ञ स्थल सम्म ग्राईभेलको रोड नै निर्माण गरिएको छ । सप्तरीको कुशहा चौकमा देखि बेल्ही सम्ममा पर्ने मुख्य चौकचौकमा गेट बनाएको छ । उपमेयर रुवी गुप्ताले भने यो यज्ञमा जति खर्चा लागेको छ त्यो भन्दा बढी रकम संकलन भएमा बढी रकमलाई संघमा नै राख्ने छु र हरहिसाव चुस्तदुरुत राख्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...