पश्चिम नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

  • फागुन १८, २०७७
  • ४४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

     उर्मिला यादव यात्री फागुन १८ पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण आज मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । समृद्धि सामाजिक बिकास संस्था पश्चिम नवलपरासीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर ६ वडा कार्यालयको सहयोगमा आज एक सय जना किशोरीहरुलाइ महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको हो ।

संस्थाका अध्यक्ष महेश यादवको अध्यक्षता तथा वडा अध्यक्ष कैलाश यादवको प्रमुख अथित्यतामा सरावल गाउँपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र जनता माध्यमिक बिद्यालय गडौरी र जनता माध्यमिक बिद्यालय भुजहवामामा अध्ययनरत , किशोरीहरुलाई महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको संस्थाका अध्यक्ष यादवले बताउनु भएको छ ।

       कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले महिनावारी भएको बेलामा किशोरीहरुलाई धेरै नै समस्या खेप्नु पर्ने भएको हुनाले उपयुक्त प्याडको आवश्कता समेत भएको बताउनु भएको छ । सो अवसरमा बाल्दै अध्यक्ष महेश यादवले किशोरीहरुलाई सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता दिदै महिनावारी आएको बेलामा धैर्य पुर्बक आफनो स्वास्थ्यको हेरचाह गर्नुपर्ने र प्याडको प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । nab

कार्यक्रममा सरावल गाउपालिका वडा नं. ६ का वडा सदस्य बिन्दा देबि धोबि , अनन्ता देबि चौधरि , महेन्द्र जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिपाल यादव , लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा महेन्द्र जनता माध्यमिक बिद्यालयका ५० जना किशोरीहरु र जनता माध्यमिक बिद्यालय भुजहवाका ५० जना किशोरीहरुलाई तालिम प्रदान र प्याड उपलब्ध गराईएको हो । सरावल गाउपालिका वडा नम्बर ५ को स्वास्थ चौकि अनमी सपना सुनारले कार्यक्रामको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव संजय जयसवालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...