जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन-महतो

  • फागुन १९, २०७७
  • ३३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

कैलाली: जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन्।  

जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताए।  “यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ”, उनले भने, “जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन्।” 

वरिष्ठ नेता महतोले संविधान र शासन पटक पटक परिवर्तन हुने तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक पटक राष्ट्रघात काम भएको आरोप लगाए। उनले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विधमान समस्यालाई समाधान गर्ने बताए।  

मुलुकको परराष्ट्र नीति कस्तो हुनुपर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गरे। दिनेशखबर

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...