उधोग बाणिज्य सँघ सिरहाको स्वर्णज्यन्ती र ३२औं सधारण सभा सप्पन्न

  • फागुन २०, २०७७
  • ७६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल प्रदेश टाइम्स  फाल्गुन १९ गते । सिरहा जिल्लको लहान स्थित रहेको बाटिका टुरिजमको सभाहलमा भब्य र सभ्य तरिकाले बुधवारका दिन जिल्ला उद्योग बाणिज्यसंघ, सिरहा, लहानले स्वर्ण जयन्ती वर्ष २०७७ तथा ३२ औं सधारण सभा प्रमुख अतिथि कानुन मन्त्री लिलानाथ श्रेष्ठद्धारा समुदघाटन कार्यक्रम सम्पन गरेको छ । राष्ट्रयलाई समृद्ध बनाउन व्यपार नै महत्वपूर्ण रहेकोले उद्योग वाणिज्यसंघ लहानले मलाई निमत्याउनु भएकोमा जिल्ला उद्योग वाणिज्यसंघ लहानलाई मन्त्री श्रेष्ठले धन्यावाद दिएको छ । मुलुकलाई समृद्ध गर्नका लागि सरकारका योजनाहरुलाई, बिकास निर्माणहरुमा र राष्ट्र चलाउनका निम्ति व्यपारीहरुले तिरेको कर नै महत्व रहेको छ । सरकारले आफ्नो क्षमता अनुसार उद्योग व्यपारीहरुलाई १ खर्व रुपैया व्यवस्था गरेको छ । त्यसवाट ८० अरव रुपैया व्यपारीहरुले पाईसकेको छ । होटल व्यवसायहरु, पर्यटक व्यवसायहरु अत्यन्त मारमा परेका छन त्यसका लागि सरकारले ५० अरव सहुलियत दरमा ऋणको व्यवस्था गरेको छ । हाम्रो देश माछामासु र अण्डामा आत्मनिर्भर भएको छ । हामीले अव फलाम उत्पादन गछौ र नेपालमा उद्योगहरुलाई एकिकृत गरी एकै ठाउँवाट उद्योग दर्ता हुने प्रणाली सरकारले लागु गर्न लागेको छ । नेपाल र भारत बिच व्यपारीहरुलाई अयात र निर्यातमा सहज गराउन सरकार पक्षले पहलका लागि छलफल गर्नुपछ र नेपालमा स्याउ, चिया, कफी, राम्रो उत्पादन भैरहेको छ तर निर्यातका कारण व्यपारीहरु मारमा परेको छ । व्यपारमा सहजता ल्याउन रेलमार्ग निर्माण कार्य भैरहेको छ । रेलमार्ग चाईनावाट केरुङ्ग, केरुङ्गवाट काठमाण्डौ, काठमाण्डौवाट पोखरा हुदै लिम्वुनीसम्म जोडने सम्झौता गरी रेलमार्ग निर्माणका कार्यहरु भैसकेको कुराहरु मन्त्री श्रेष्ठले सम्वोधनमा भनेका छन् ।
सम्वोधनकैक्रममा प्र.जि.अ.प्रदिप कणेलले समयको अभावमा छोठोमिठो र सान्दर्भिक शब्दमा भने व्यपारीहरुको लागि जतिवेला पनि सहयोगमा नै रहेकोछु र समाजमा भएका विकृतीहरु उन्मूलन गर्न हामीलाई सवैको साथ चाहिन्छ । बोडरको नेपाली चौक वजारहरुमा खुल्लेआम रक्सी पसलहरुको कारण बिकृती दिनप्रतिदिन बढदै गएकोले बोडर आसपासका रक्सी पसलहरु बन्द गराउनु जरुरी देखिएको प्र.जि.अ. कणेलले बताउनु भएको छ । बिकासप्रेमीको चर्चा बटुलेका लहान नगरपालिकाको नगर प्रमुख ( मेयर ) मुनी साहले सम्वोधनकोक्रममाः उद्योग र व्यपारीहरुको हकहितको पक्षमा जतिवेला पनि रहनेकुरा औल्याएको छ । बालबिटोरी र गाउँब्लक जग्गा फुकुवा संघर्ष समिती लहानका संयोजक विजय कुमार गुप्ताले कार्यक्रकै मार्फत जग्गा फुकुवा सम्वन्धी एउटा बिन्तीपत्र पठाएको छ । बालबिटोरी र गाउब्लक जग्गा ठूलो समस्याको रुपमा रहेकोले रोक्का जग्गा फुकवा गरीदिनका लागि नेपाल सरकारको कानुन, न्याय तथा संसदिय मामिला मन्त्रीलीलानाथ श्रेठ मार्फत प्रधानमत्री के.पि. शर्माओली लाई बिन्ती पत्र पठाएका छन् । विजय कुमार गुप्ताका अनुसार लहान नगरपालिकामा रहेको गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरि जम्मा बन्दि श्रेस्ता कायम भएको छ । त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन श्री ५ को सरकार भन्सार विभागबाट २०१० सालमा बालबिटौरी लगाउने गरि नापी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...