जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • फागुन २६, २०७७
  • ७५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 उर्मिला यादव यात्री फागुन २६ हिसान नवलपरासीको आयोजनामा आज जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हिसान नवलपरासीका अध्यक्ष सागर पाण्डेको अध्यक्षता तथा राष्टिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख आथित्यतामा ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । ९ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा कुमुदिनी माबि बर्दघाट प्रथम, न्यु लाइफ स्कुल बर्दघाट द्धितिय , अन्नपुर्ण माबि अस्नैहा तृतीय स्थान हासिल गरेका छन । कार्यक्रममा बिजेता भएका बिद्यालयका बिद्यार्थीहरुलाइ शिल्ड र प्रमाण पत्र प्रदान गरीएको थियो । प्रतियोगितामा कार्यक्रमको औचित्यबारे ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीका प्राचार्य भेषराज न्यौपानेले प्रकाश पार्नु भएको थियो भने दिब्यज्योति क्याम्पस चिसापानीका प्रध्यापक शेषकान्त पौडेलले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो । यस्तै गरी कार्यक्रम संचालन हिसान नवलपरासीका सचिव प्रेम बहादुर खडकाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...