रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

  • फागुन २७, २०७७
  • २२७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला अनुसार निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरिदियो । नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग भएका छन् । २०७४ फागुन २ गते नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको ध्यान अहिले आफ्नो कुर्सी जोगाउनमा केन्द्रित भएको देखिन्छ ।

जसपाका अध्यक्षसमेत रहेका पूर्वराजपाका समूहका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको ध्यान भन्ने अहिले रेशम चौधरीको रिहाइमा नै केन्द्रित भएको देखिन्छ । प्रधानमन्त्री ओली पनि अहिले धर्मसंकटमा परेका छन् । हालसम्म माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओली अल्पमतमा पर्छन् ।

उनले संसद्‌मा विश्‍वासको मत लिनुपर्छ । ओलीले विश्‍वासको मत आर्जन गर्न नसकेको अवस्थामा पदबाट राजीनामा दिनुपर्छ । यसको जोडबलमा लागिरहेका ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोले ग्रिन सिग्‍नल दिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतोले सञ्‍चारमाध्यमहरुमा जे कुरा गरे पनि उनीहरुको एकसुत्रीय माग रहेको देखिन्छ । जुन हो, अदालतले दोषी ठहर गरेका रेशम चौधरीको रिहाइ ।

राजेन्द्र महतोले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् पछिल्लो समय, “केपी ओलीले ठग्‍नेबाहेक अरु काम गरेको छैन । त्यसकारण पहिले रेशम चौधरीको रिहाइ हुनुपर्‍यो, त्यसपछि ओलीसँग सहकार्य गर्न सकिन्छ ।”

तर, जसपामा बाबुराम भट्टराई र उपन्द्र यादव भने प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढ्ने स्थितिमा देखिएका छैनन् । उनीहरुले आफ्नो पदका लागि प्रचण्डसँग सहकार्य गर्न तयार देखिएका छन् । यसअघि ओली सरकारको मन्त्री भएर फर्किएका उपेन्द्र यादवलाई अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले मन्त्री नबनाउने देखिएपछि उनले ओलीलाई सहयोग गर्न तयार नभएका हुन् ।

त्यसैगरि जसपा संघीय परिषद्‌ अध्यक्षसमेत रहेका डा. बाबुराम भट्टराई पनि आफू प्रधानमन्त्री बन्‍ने दाउमा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक डा. भट्टराईलाई ओलीले कुनै पनि हालतमा प्रधानमन्त्री बन्‍न दिँदैनन् । त्यसकारण उनी पनि अहिले एक्लिएका प्रचण्डको पक्षमा उभिँदा सुविधाजनक स्थान पाउन विश्लेषण गरेर ओलीसँग सहकार्य गर्न नसकिने निष्कर्षमा पुगेका छन् ।

जनता समाजवादी पार्टीमा बाबुराम भट्टराई र उपेन्द्र यादवसँग जम्मा ८ जना सांसद्‌हरु रहेका छन् । जसपामा पूर्व राजपा समूहको बहुमत रहेको छ । त्यसकारण संसदीय दलको नेता पनि पूर्वराजपाबाट नै हुनुपर्ने माग राखिएको छ ।

एमाले एकढिक्का हुँदा १२० जना सांसद् छन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा मृत्यु र निलम्बनका कारण अहिले पाँच सदस्यको पद रिक्त छ । अहिले संसदमा कायम रहेको संख्याका आधारमा हेर्दा प्रधानमन्त्री ओलीले पदमा रहिरहनका लागि वा अरु कोही प्रधानमन्त्री बन्नका लागि २ सय ७० को बहुमत (१ सय ३६) सांसदको समर्थन आवश्यक पर्छ ।

ओलीको एमालेमा १२० र पूर्वराजपाले सरकारलाई समर्थन गरेको अवस्थमा ओलीले सुविधाजनक बहुमत प्राप्त गर्छन् । त्यसकारण प्रधानमन्त्री ओलीले सके सिंगो जसपा र नसके पूर्वराजपा समूहलाई विश्‍वासमा लिएर सत्ता बनाउने लगभग निश्‍चित देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो पनि रेशम चौधरीको रिहाइको शर्त राखेर सत्तामा जान तयार देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...