ब्रामह्म कुमारी राज योग सेवा केन्द्र लहानले यसरी मनाए दादी गुलजारको श्रद्धाञ्जली

  • फागुन २७, २०७७
  • ४६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिरेन्द्र प्रसाद नेपाल÷ लहान, फागुन । सिरहा जिल्लाको लहान नगरपालिका वार्ड नं. ७ स्थित रहेको ब्रामह्म कुमारी राज योग सेवा केन्द्रले महाशिवरात्रीको उपलक्ष्यमा रथ यात्रा मनाएको छ । राज योग सेवा केन्द्रको कार्यक्रममा सहभागी भक्तजनहरुलाई प्रसाद ग्रहण गराएर लहान केन्द्रको सभा हलमा करिव एक घण्टा सम्म शिवको अध्यात्मीक शक्तिको चर्चा गाराउनुसँगै मुरलीको धुन भने शिर्षकमा प्रशिक्षण गराएका थिए । प्रशिक्षणपछि दादी गुलजारको निधन भएको खवर पाए पछि खुशीयालीको ताली नै श्रद्धाञ्जली परिणतको दःुखद खवरले भक्तजनहरुमा शोक छाएपछि तालिलाई परिणत गरी वाईवाईको ईसार गरी दादी गुलजारकी श्रद्धाञ्जली मनाएका छन् । दादी गुलजारले आज बिहान ८ः४० बजे मुम्बईमा आफ्नो भौतिक शरीर त्यागे तर लहान केन्द्रमा २ः०० वजेतिर खवर पएको कुरा लहान ब्रह्माकुमारी राजयोगका कार्यक्रम संचालक बविन वस्नेतले बताउनु भएको छ । दादी गुलजार ९६ वर्षको आफना शरिरलाई त्यागेर शिवरात्रीको शुभ दिनमा शिवको श्रणमा पुगेको छ । १५० देशमा रहेका ब्रामह्म कुमारी राज योग सेवा केन्द्रका अध्यक्ष रहनु भएकी दादीको भौतिक फोटोमा फूलकामाला आर्पण गरी शोक मनाएका छन् । ८५ औं महाशिवरात्री कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ का उधोग पर्यटन वन तथा वातावरण राज्य मन्त्री माननीय सुरेश मण्डल थिए तर दादी गुलजारको निधन भएकरुो दुःखद समाचारले स्तब्ध र अत्यन्त मर्माहत भएको बताउदै पीडाको यस क्षणमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । मन्त्री मण्डलले दादी गुलजारको निधन महाशिवरात्री जस्तो पावन अवसरमा हुनु सौभाग्य भएको बताए । उनले भने “ मृत्यु जिवनको कठोर सत्य भएकोले मृत्युको अर्थ हो भौतिक शरीरबाट आत्मा छुट्टीनु । मृत्यु नयाँ र राम्रो जीवनका लागि एउटा प्रारम्भिक बिन्दु हो । यसले जीवनको उच्च रुपको द्धार खोल्दछ । यो सम्पूर्ण जीवनको केवल एउटा प्रवेश द्वार हो । जन्म र मृत्यु संसारको मायाँजाल हो । मानिस जन्म लिएपछि नै मर्ने प्रक्रियाको शुरुआत हुन जान्छ र मर्ने बित्तिकै जीवनको शुरुआत हुन जान्छ । जन्म र मृत्यु यस संसारको मंचमा प्रवेश गर्ने र बाहिर जाने द्धार मात्र हो । वास्तवमा न त कोई आउँदछ न त कोई कतै जान्छ । केवल ब्रम्ह र अनन्तको नै अस्तित्व हुन्छ ।“श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री सुरेश मण्डल लगायत जसपाका केन्द्रिय सदस्य राकेश झा, सिरहा १ का क्षेत्रीय अध्यक्ष शत्रुधन मण्डल, युवा नेता महमुद आलम, लाहान सिटी जेसिजका पुर्व अध्यक्ष शंकर प्रसाद गुप्ता, संचारकर्मी, बुद्धिजीवी र ध्यान केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...