भारत सरह नेपालका मदरसालाई मान्यता नदिए चीनका उईगर मुस्लिम जस्तै हालात हुने

  • फागुन २८, २०७७
  • ६३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालमा रहेका मदरसामा पढ्ने विद्यार्थीहरुको भबिस्य अन्योलमा छ । बाकेको नेपालगन्ज्मा सोमबार जैसपुर स्थित मदरसा जामिया आरफिया दारुल उलूममा भएको धार्मिक उत्सवमा मुस्लिम अगुवाहरूले उक्त गुनासो पोखेका छ्न ।
इस्लाह(ए मुवासरा र जश्ने दस्तारबन्दी भनेर गरिएको उत्सवमा मदरसाको विद्यार्थीलाई दोसाल्लाओढाएर पवित्र किताब कुरानको हाफिस भनेर सम्मान गरिएको हो । भारत र नेपालको विभिन्न जिल्लाहरुको अगुवाहरुले समेत सहभागिता जनाएका थिए ।
मदरसा जामिया आरफिया समितिका अध्यक्ष गुलाम वारिस जसगढले भन्नु हुन्छ भारत , पाकिस्तान , इजिप्ट , साउदी अर्बिया लगायतको देशमा मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । तर नेपालमा यो मान्यता नपाएको कारणले नेपाली मुस्लिमहरुको भबिस्य खराब भैइरहेको छ । जसले गर्दा नेपालमा समेत मदरसा बोर्ड स्थापना गर्नु पर्ने आवस्यकता रहेको भनी बताउनु भएको छ । विदेशमा पढेर आउने नागरिकहरुले नेपालमा विभिन्न अवसरहरु प्राप्त गरेको हुन्छन् ।
तर नेपालको शैक्षिक प्रणालीमा त्यस्तो कुनै ब्यवस्था नरहेकोले यहाँ पाठ पाठन गर्ने विद्यार्थीहरुले नेपाल भन्दा बाहिरको देशमा कुनै अवसर पाएको छैनन् । उहाँले भन्नू हुन्छ नेपालको शैक्षिक प्रणालीमा सुधार गरि अन्य देशमा समेत एकुभ्यालेण्ट गर्ने ब्यवस्था मिलाउन जरुरी छ । नेपालको मदरसाहरुलाई समेत अन्तर्राष्ट्रिय मान्यता दिनुपर्छ । मान्यता प्राप्त भएपछि नेपालको मदरसा शिक्षाको विकास र बाहिरबाट पढ्न आउनेहरुको संख्यामा निकै वृद्धि हुनेछ भन्ने उहाँको भनाइ थियो । जसगढले भन्नू हुन्छ यस कार्यले देश र शिक्षा दुबै क्षेत्रको विकासमा टेवा पुग्न सक्छ ।

मदरसा शिक्षालाई तह अनुसारको प्रणालीमा राखेर शैक्षिक विकास गरिएको पाएपनि नेपालमा अहिलेसम्म त्यो काम हुन सकेको छैन । जबकी मदरसाका विद्यार्थीहरुको शैक्षिक स्तरलाई कुनै पनि क्षेत्रमा पछाडि परेको देखिँदैन । उक्त उत्सवलाई सम्बोधन गर्न भारतका वरिष्ठ सूफी सय्यद रिजवान मियाँ विल्ग्राम सरीसबाट आउनु भएको थियो । उहाँले मुस्लिम समुदाय शिक्षामा पछाडि पर्नुको कारण मान्यतालाई बताउनु भयो । अहिले देशमा जसरी चिनमा मदरसाहरु भत्काईदै छ । उईगर मुस्लिमहरु माथि चीनमा अत्याचार भईरहेको छ चीन जस्तै अवस्था नेपालमा नआउने भन्ने छैन । किनकी जब मदरसा शिक्षाबाट जागीरहरु पाइदैन हामी कसरी सुरक्षित महसुस गर्ने । हामी प्रजातान्त्रमा बिश्वास गर्छो तर हामीलाई पनि अधिकार चाहिन्छ मुस्लिमहरुको अधिकार सुनिस्चित नेपाली काङ्ग्रेसबाट भएको छ । काङ्ग्रेसले देशलाई संविधान दियो कम्युनिस्टले धर्म र आस्था माथि खेलवाड मात्र गरेको छ । अब देशमा कम्युनिस्टबाट हामीलाई अधिकार प्राप्त हुन्न । हामी नेपाल् सरकार सङ माग गर्न चाहन्छु कि जसरी भारतमा मदरसाबाट पढेलेखेकाहरु भारत सरकारले मान्यता दिएको छ । भारतमा मदरसाबाट शिक्षा पाएकाहरु सरकारी नौकरी, पुलिस , आर्मी सहित सबै स्थान दिएको छ । माग गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...