श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध एक हजार इस्लामिक स्कूल बन्द

  • चैत १, २०७७
  • ४२८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं : श्रीलंका सरकारका एक बरिष्ठ मन्त्रीले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै एक हजार भन्दा बढी इस्लामिक स्कूलहरू एकसाथ बन्द गर्ने घोषणा शानिबार गरेका छन यो् उनको घोषणा अतिबादी मुस्लिम सगठनहरुलाई बलियो झापड मानिएको छ ।
एएनआईका अनुसार श्रीलंकाका जनसुरक्षा मन्त्री सारथे वीरासेकेराले पत्रकारहरुलाई भने े उनले बुर्का लगाउने प्रतिबन्धलाई अगाडि बढाउन एउटा निर्देशनमा हस्ताक्षर गरेका छन । किनकि यो धार्मिक अतिबादको संकेत हो यसले अतिबादलाई जन्माएको छ । कोलोम्बो टाइम्सका अनुसार उनले यस कदमको आबश्यकताको बारेमा जोड दिदै भनेका छन बुर्काले देशको राष्ट्रिय सुरक्षामा सीधा असर पार्छ र यो हाम्रो राष्टिय सुरक्षाको लागि पनि खतरा हो । त्यसैले पनि बुर्कामाथि प्रतिबन्ध लगाउनै पर्छ ।
उनले अगाडि भने “जब हामी थोरै थियौं हाम्रो धेरै मुस्लिम साथीहरू थिए। तर मुस्लिम महिलाहरूले त्यतिबेला बुर्का लगाएनन्,“ उनले भने।
मन्त्री वीरासेकराले जोड दिएर भने बुर्का धार्मिक अतिबादको प्रतीक हो जसले हालसालै धेरैको ध्यान खिचेको छ । “त्यसकारकारण पनि यो माथि प्रतिबन्ध लगाइनु हाम्रो देशको राष्टिय आबाश्यकता बनेको छ ।“
मदरसाहरुको नियमनका बारेमा बोल्दै उनले भने कि देशमा २,००० भन्दा बढी त्यस्ता विद्यालयहरु छन ्। जहा उनीहरुले आबश्यक शिक्षा दिएका छैनन ।
“कुनै पनि मानिसहरुले अब मनमानी ढगले स्कुल खोलेर चलाउने पाउने छैन । उनीहरुले ५ देखि १६ बर्षका बिधार्थीहरुलाई सरकारी शिक्षा नीति अनुसारको कोर्स पढाउनै पर्छ । आफुले चाहेको कुरा मात्र पढाउन पाउदैन । सबै बच्चाहरूले राष्ट्रिय शिक्षा नीति अन्तर्गत अध्ययन गर्नै पछ्र्् । हामी श्र्ीलंकाको राष्ट्रियता अन्तर्गत दर्ता नभएका १,००० भन्दा बढी मदरसहरूलाई प्रतिबन्ध लगाउने उपायहरू लाई त्त्काल अगाडि बढाउने छौ । “
गत वर्ष राष्ट्रिय सुरक्षासम्बन्धी श्रीलंकाली संसदीय समितिले बुर्कामा तुरुन्तै प्रतिबन्धको प्रस्ताव गरेको थियो र जातीय र धार्मिक आधारमा राजनीतिक दलहरूको दर्ता स्थगित गरेको थिया े।
बुर्कामाथिको प्रतिबन्ध बहुसंख्यक बौद्धिष्ठ नागरिक बस्ने देशमा सन २०१९ मा चर्च र होटलहरुमा आतंकबादी इस्लामिक लडाकुहरुले २५० निर्दोष मानिसको हत्या गरेपछि नै लगाइएको भएपनि त्यसलाई अहिलेदेखि कार्यन्वयनमा ल्याउने कोसिस गरिदैछ । त्यसो त इस्लामिक आतंकबादको चपेटामा परेका युरोपका केही देशले पनि आंशिक रुपमा बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन । श्रीलंकाको यो कदमले अतिबादी इस्लामिक समुहहरुलाई चोटिलो प्रहार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...