लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

  • चैत १, २०७७
  • ९०४ पटक पढिएको
alt

सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो करिब पौने १ बजेतिर भएको बम विष्फोटनमा परी आधार दर्जन मानिस घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलापा प्रहरी कार्यालयका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार आधा दर्जन घाइते भएको भनिएपनि घाइते भएकाको संख्या अझै यकिन भइसकेको छैन । विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । प्रहरीका अनुसार विष्फोट भएको बम कुकर बन हुनसक्ने प्रहरीको अनुमान छ । आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...