निर्देशक टिका अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

  • चैत ३, २०७७
  • ७६० पटक पढिएको
alt

 कृष्णनगर,कपिलवस्तु चैत्र ३ शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ। कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया मदरसाको भौतिक पूर्वधार विद्यार्थी संख्या, शिक्षक संख्या, खेलकुद मैदान लगायत मदरसाका अन्य पक्षको अनुगमन गरिएको छ।मदरसामा रहेका शिक्षक विद्यार्थी व्यवस्थापन समितीका पदाधिकारी संग छलफल समेत गरिएको छ।त्यहि निरीक्षणका क्रममा शिक्षा तथा समाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्यालले मदरसा बोर्ड गठन भए पछि प्रदेश भित्र रहेका मदरसाहरु लाई मूलप्रवाहिकरण गर्न हामीहरु लागि रहेको प्रदेश सरकारले प्रदेश ‌भित्र रहेको मदरसा लाई केही न केही सहयोग गर्ने जस्मा धार्मिक अनुदानको कार्यक्रम छात्राबासका कार्यक्रमहरु मदरसाहरुको अवस्था कस्तो छ र ति मदरसा हरुमा के के व्यवस्था भयो भने मूलप्रवाहिकरणमा ल्याउन सकिन्छ। मदरसाको मात्रै मापदण्ड बनाउन हामी लागेको छौ र कम्तिमा प्रदेशमा रहेका ५० वटा मदरसाहरुमा अनुगमन गरेर त्यहाको अवस्था कस्तो रहेको छ संकलन गरेर अनि विज्ञ समूह राखेर निष्कर्षमा जाने नेपाल सरकारले राखेको मापदण्ड अनुरुप अगाडी बढ़ने र मदरसाको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो। त्यहि क्रमांमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली संग कुराकानी गर्दा मदरसाका मौलाना हरु लाई र पढ़ने छात्र छात्राहरु लाई सरकारी सरह सेवा सुविधा दिनु पर्ने,मदरसाको पाठ्यक्रम तयार गर्न सरकारले पहल गर्नु पर्ने बताउदै भौतिक संरचना नपुगेका मदरसाहरुको बारेमा सरकारले यथाशिघ्र ध्यान दिनुपर्ने बताए। राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले मदरसाहरुको सर्वेक्षण गर्ने काम सराहनिय रहेको र मदरसा शिक्षालाई मूलप्रवाहिकरणमा ल्याउन प्रदेश सरकारको भूमिका अहम रहेको समेत बताउदै सर्वेक्षण टोली लाई राष्ट्रीय मदरसा संघको पुस्तकालयमा धन्यवाद दिए। शिक्षा तथा सामाजिक विकास निर्देशालय लुम्बिनी प्रदेश बुटवलका शाखा अधिकृत माधव बन्जाडे,सहायक नारायण पौडेल,लुम्बिनी प्रदेश समाजिक विकास मंत्रालय शाखा अधिकृत हरि अर्याल, समाजिक विकास डिभिजन कार्यलय गजेहडा कपिलवस्तु कार्यलय प्रमुख नरेन्द्र बेल्बासे, कपिलवस्तुको कृष्णानगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की सदस्य अब्दुल रहमान मदनी,अल्हाज फ़ज़ल महमूद खां,नियाज़ अहमद र जामिया इस्लामिया नईमिया अधारभूत विद्यालय (मदरसा)का प्र.अ.मौलाना अकिल अहमद नाइमी समेतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...