नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

  • चैत ४, २०७७
  • ६३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ ।

उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए । उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्ने तरखरमा भए पनि उनीहरुमाथि शंका लागेपछि बागडोग्राबाट सीआईएसएफको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु भारतीयहरुको सम्पर्कमा रहेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी नेपालबाट भारत जाने चिनियाँहरुको संख्या बढ्न थालेको छ ।

चिनियाँहरुले नेपाललाई ट्रान्जिट बनाउन थालेका छन् । यसले एक नयाँ त्रास सिर्जना गरेको छ । काठमाडौंको ठमेल क्षेत्रमा रहने अधिकांश चिनियाँहरुले नेपाली बोल्छन् भने कतिपयसँग नेपाली परिपत्र पनि छ ।

कुनै नेपाली बोल्‍ने र नेपाली परिचयपत्र भएको व्यक्तिले सीमा क्षेत्र हुँदै भारत प्रवेश गर्छ भने खासै शंका गरिँदैन । भारतमा पुगेका यी चिनियाँहरु भारतका विभिन्‍न सैन्य क्याम्प नजिकै बस्छन् । उनीहरु त्यहाँ पनि नाम परिवर्तन गरेर नेपाली नाम राख्‍छन् र सकेसम्म भारतीय रक्षा निकायहरुमा जागिरका लागि अवसर खोज्छन् ।

भारतमा नेपालीहरुलाई निकै विश्‍वास गरिन्छ, जसका कारण नेपालीको नाममा चिनियाँहरुले भारतीय रक्षा निकायमा प्रवेश गरेर सूचनाको जासुसी गर्ने गर्छन् । जुन अति संवेदनशील र गम्भीर विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...