सिराहामा लैनो भैंसी र पाडापाडी नियन्त्रणमा

  • साउन २४, २०७६
  • ४४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहामा  २३ साउन । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको पिकेट टोलीले चेकजाँचको क्रममा साउन २२ गते लैनो भैंसी र पाडापाडी नियन्त्रणमा लिएको छ । दक्षिणबाट उत्तरतर्फ लैजाने क्रममा सिरहा ७ स्थित प्रहरीले बिना कागजपत्र ना.२ ख.८५५५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा लैनो भैसि ११ वटा र पाडारपाडी ११ वटा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको भैंसीको मूल्य ३ लाख ८५ हजार र ६ लाख ट्रकको गरी ९ लाख ८५ हजार अनुमान गरिएको छ । यो सँगै भैसी धनी सिरहा १२ बस्ने इनकुमार यादव र मोरँगको सुन्दर हरैचा २ बस्ने सँजयकुमार चौधरीलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको भैँसी र ट्रकलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय माडर, सिरहामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...