सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन

  • साउन २४, २०७६
  • ३७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 लहान, २३ साउन । प्रदेश २ सरकारले सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन (कुट्टी कटा मेशिन) उपलब्ध गराएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो । प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो । सोको लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३ का रामउदगार महतो, लहान २ का रामु महतोलाई साफ कट्टर उपलब्ध गराएको छ । लहान २ का रामचरित्र महतो आफुले पाएको साफ कट्टर मेशिन लहान २३ का विरेन्द्र महतोलाई एक कार्यक्रम प्रदान गरिएका छन् । युवा नेता रामचरित्र महतोले आफु त्याग गरी विरेन्द्र महतोलाई सो साफ कट्टर उपलब्ध गराएको हो । साफ कट्टर मेशिन केही महिना अगाडि मन्त्रालयले सूचना जारी गर्दा त्यसताका फर्म भरेका किसानलाई उक्त मेशिन उपलब्ध गराएको हो । यसवारे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले ‘यो कार्यक्रम कार्यालय अन्तरगत हो ।’ ‘मन्त्रीले दिने नदिने यसमा कुनै निर्णय गर्ने होइन् ।’ ‘सूचना प्रकाशित भएको थियो ।’ ‘त्यसताका फर्म भरेका किसानहरुलाई दिएको हुनुपर्छ ’ मन्त्री साहले बताए । सिरहा भेटनरी कार्यालयले एक कार्यक्रम गरी १४ किसानलाई साफ कट्टर मेशिन उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...