पर्सा प्रहरीद्वारा खैरो हेरोईन सहित एकजना बालक पक्राउ

  • चैत ६, २०७७
  • ६७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 वीरगञ्ज ६ चैत कृष्णा यादव जिल्ला प्रहरी कार्यालय पर्साले खैरो हेरोइन (ब्राउन सुगर) एक १७ वर्षीय बालक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटेको लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोक नजि कैबाट ब्राउन सुगरसहित बालकलाई पक्राउ गरेको हो । बालकको साथबाट प्रहरीले ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाईछिपाई राखिएको ३० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बालकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक अोमप्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...