इसनाथ नगर प्रमुखले गरे उप स्वास्थ्य चौकीको सिलान्यास

  • चैत ६, २०७७
  • ३४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मेवालाल यादव रौतहट ,६ चैत्र शुक्रबार ईशनाथ नगरपालिकाको मेयर संतोष मेहताले उप स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन। उप स्वास्थ्य चौकी भवन निर्माण गत वर्षमा भएको ठेन्डर ईशनाथ नगरपालिकाले आज शुक्रबार शिलान्यास गरेको छ। स्वास्थ्य चौकी इशनाथ नगरपालिका वडा नम्बर ६ पलटुआ स्थित शौचालय ,बाण्डरी सहितको भवन शिलान्यास गरिएको मेयर मेहताले बताए । सो भवन १ कट्टा १२ धुर जग्गामा निर्माण हुने भएको छ।ईशनाथ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामेश्वर साह र वडा सदस्य सरफुदिनले संयुक्त निजि लगानी बाट जग्गा खरिद गरी उप स्वास्थ्य चौकी भवन बनाउन जग्गा दान गरिदिएको मेयर मेहताले प्रष्ट पारेका थिए। यस अघि इशनाथ नगरपालिका वडा नम्बर २ ,५ स्थितिका उप स्वास्थ्य चौकी भवन निर्माणकार्य अन्तिम चरणमा रहेको केही दिनमै उद्घाटन आउने मेयर मेहताले जिगिर गरे। ईशनाथ नगरपालिका वडा नम्बर ६ पलटुआ स्थित शिलान्यास भएको उप स्वास्थ्य चौकी साबिक ४ चार गाउँको सेवा दिने र जनता सेवा लाभान्वित हुने उनले बताए ।उप स्वास्थ्य चौकी असार मसान्त भित्र उद्घाटनमा ल्याउन प्रतिबद्ध रहेको बताए। यसै आर्थिक वर्षमा नगर स्तरीय योजना अन्तर्गत ३ किलो मिटर सडक ढलान हुने जसमा आरसी पिसिसी गरेर निर्माणकार्य अगाडि बढाइने उनले बताएका थिए। भन्ने सो भवन ३८ लाख ५७ हजारको लागतमा नगर स्तरीय योजना रहेको छ।कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष रामेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...