गोलबजार नगरपालिकाको लापरवाही ,२० लाखमा खरिद गरेको घुम्ती शौचालय अझ प्रयोग बिहिन

  • चैत ८, २०७७
  • ८१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मुकेश कुमार यादब /सिरहा ०८ चैत । सिरहाको गोलबजार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लापरबाहीले करिब २० लाख लागत खरिद गरेको घुम्ती शौचालय अझ प्रयोग बिहिन रहेका छ्न । गोलबजार नगरपालिकाको मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा हाटबजारको दिन सवारीसाधन र पैदलयात्रुको भीडभाड पनि अत्यधिक नै हुन्छ । नगरपालिकामा घुम्ति शौचालय खरिद गरेको करिब दुई वर्ष भन्दा बढी वितिसकदा पनि अझै प्रयोगमा आउन सकेको छैन । पहिलो नगरसभाबाट सेवाग्राहीको आत्याधिक चापलाई मध्यनजर गर्दै आ।ब।२०७५÷२०७६ मा करिब २० लाखको लागतमा खरिद गरिएका दुई वटा घुम्ती शौचालय जनप्रतिनिधि तथा कर्मचारीहरुकै लापरवाहिका कारण प्रयोगविहीन हुदा स्थानियहरुलाई सास्ति खेप्नु परेको छ ।घुम्ती शोचालय खरिद गरेको एक वर्ष सम्म नगरपालिकाले मागेअनुसार डिजाइनमा निर्माण नभएको भन्दै पटक–पटक फर्काउने र केही फेरवदल गरेर ल्याउने प्रकृयामा दुई वर्ष वितेको नगर प्रमुख देवनाथ साहले स्विकारेका छ्न । उनलेभने, ‘ठेकेदार कम्पनीले नगरपालिकासँग सम्झौता भएको डिजाइनमा नबने पछि दुई तीन पटक ‘रिमेक’ गर्न लगाइयो, त्यसमा पनि भनेजस्तो भएन, पछि आफै थाकेर सामान राखें अझै प्रयोगमा ल्याउन सकिएको छैन ।’ गोलबजार र चोहर्वामा साप्तामा ४ दिन हाटबजार लाग्ने गर्छ । बजारमा नजीकका किसानहरु विहानै देखि तरकारी विक्रिको लागि र विभिन्न ठाउँबाट समान खरिदका लागि व्यवसायीहरु आउने गर्छन् । बजारमा किनमेलगर्न आउनेको लागी भनेर खरिद गरिएको घुम्ती शौचालय अझै प्रयोगमा आउन सकेको छैन । खरिद गरेको वर्षौं वितिसकेपछि नगरको लाखौं लगानीमा खरिद गरेको घुम्ती शौचालय त्यसै थन्कीएर बसेको छ । यता,गोलबजार नगरपालिका प्रमुख प्रशास्कीय अधिकृत श्रीधर केसिले राख्ने उचित ठाउँ नभएको बहाना देखाउदै उनले भन्ने शौचालय संचालन गर्न सकिएको छैन । अव साथीहरुसँग सल्लाह गरेर ठाउँ खोजेर चाँडै प्रयोगमा ल्याइने भन्दै पन्छिएको छ । जिल्लामै नमुना बजारको रुपमा चिनिने गोलबजार नगरपालिकामा खरिद विक्रि गर्न आउने ग्राहकहरुको लागि उचित सार्वजानिक शौचालयको व्यवस्थापन नहुदा समस्या भएको व्यापारीहरु बताउछन । “चोकमा शौच गर्न नपाएर पैदलयात्री तथा समान किनमेल गर्न आउने सेवाग्राहीहरु शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु जनप्रतिनिधि तथा कर्मचारीकोलागि लज्जास्पद भएको स्थानिय संतोष साहले बताए । गोलबजार र चोहर्वा चोकमा सार्वजनिक शौचालय नहुँदा ग्राहकलाई कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा भएता पनि बुझेर बुझ पचाउनु राम्रो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...