सबै खाले विभेद अन्त्यका लागि विशेष नीति तथा कार्यक्रम अावश्यक- पूर्व साँसद श्रीपाईली

  • चैत ९, २०७७
  • ६३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

? जातीवाद विरुद्ध युवा,जातीय हिँसा र छुवाछूत विरुद्ध हामी भन्ने मूल नाराका साथ ५६ अौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस विविध कार्यक्रम गरि कैलाली र कंचनपुरमा मनाईएको छ । यस क्रममा कैलालीको धनगढीमा राष्ट्रिय मानवअधिकार अायोग ,जिल्ला प्रशासन कार्यालय,धनगढी उपमहानगरपालिका, विभिन्न दलित संघसंस्था,नागरिक समाज, गैरसरकारी संघसंस्थाहरुको संयुक्त अायोजनामा प्रभातफेरी सम्पन्न भएको छ । धनगढी चौराहाबाट शुरु गरिएको प्रभातफेरी पार्कमोडमा पुगी कोणसभामा परिणत भएको थियोे । कोणसभाका प्रमुख अतिथी एंव संविधानसभा सदस्य,दलित अान्दोलनका अगुवा हरि श्रीपाईलीले देशमा ठूलो परिवर्तन भई राज्य पुर्नस्थापना भैसक्दा पनि जातीय विभेद र छुवाछूतको अन्त्य हुन नसक्नु राज्यको कमजोरी भएको बताउदै अब संघ,प्रदेश र स्थानीय गरि तीन तहका सरकारले सबै खाले विभेद तथा छुवाछूत अन्त्यका लागि दिर्घकालिन ठोस योजना नीति तथा कार्यक्रम निर्माण गरि प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । कोणसभामा धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुसिला मिश्र भट्ट,राष्ट्रिय मानवअधिकार अायोगका प्रमुख मोहन जोशी,दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,वडा सदस्य विमला जैरु लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियोे । कोणसभा दलित सेवा संघका केन्द्रीय अध्यक्ष ईश्वरी प्रसाद बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियोे । जातीय विभेद उन्मूलन दिवसकै अवसरमा दलित मैत्री ऐन कानुन निर्माण र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत्र ९ गते अभियानकै रुपमा संचालन हुने सामाजिक विकास तथा जागरण मंचमा अध्यक्ष सचिव राजेन्द्र रैकाले जानकारी बताउनु भयो । दिवसकै अवसरमा कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा जातीय अन्तरघुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी संविधानसभा सदस्य हरि श्रीपाईली,नेपाली काग्रेस ससंदीय दलका सचेतक टेक बहादुर रैका, शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल वहादुर ऐर,वडा अध्यक्षहरु शिवराज पनेरू,दिल्लु बुढा,नरेन्द्र चौधरी,रमेश एेर,दलित नेता गोबिन्द नेपाली,लगायतकाले दलितमैत्री नीति निर्माण र कार्यान्वयनमा जोड दिनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...