विवाहको प्रलोभनमा देवरले गरे यौन शोसण

  • चैत ९, २०७७
  • ११४३ पटक पढिएको
alt

  सिरहा, ९ चैत । सिरहाको वडियारपट्टी गापा ४ तेनुवापट्टीका एक महिला आफ्नै देव र को यौन शोषणको शिकार भएका छन् । गाउँकै देवर पर्ने करिव २४ वर्षिय आनन्द कुमार यादवले विवाह गर्नेभन्दै पछिल्लो डेड वर्षदेखि यौनशोषण गर्दै आएको हो । नियमित सम्वन्धमा रहेका उनीहरुविचको सम्वन्ध १५ दिन अघि घरमै रङ्गेहात पक्राउ रेपछि खुलेको ति महिलाले बताए । उनले हामीवीच २०७६ मंसिरदेखि नै शारिरिक सम्वन्ध रहँदै आएको बताए । विनय सिरहाकै औरही गाउँपालिकाका सव इन्जिनिरका जागीरे हुन् । आनन्दले मलालाई त्यस अघिदेखि नै शारिरिक सम्वन्धको प्रस्ताव राख्दै आएपनि मैले म विवाह भएको, बालबच्चा भएको महिला हुँ तिमीले यस्तो प्रयास नगर भन्दा भन्दै म तिमिविना बाँस्न सक्दित विवाह नै गर्छु भन्दै जवरजस्ती शारिरिक सम्वन्ध सुरु गरेको बताए । ती महिलाले भने, ‘मैले त्यस अघि उनलाई धेरै प्रकारले सम्झाउने कोसिस गरेर, उनले मानेन सम्वन्ध भयो, पछि हामी एक अर्का विना बस्नै नसक्ने अवस्था भयो, हामी नियमित सम्वन्धमा थियौं ।’ सम्वन्धमै रहेको बेला १५ दिन अघि घरमा सासुले देखेपछि मैले घरछोडेर हिडेको ती महिलाले बताए । उनले त्यसपछि हामी दुवैजना सिरहाको गोलबजार नपा ४ मा तीन दिनसँगै वसेको बताए । उनले त्यसपछि आनन्द मलाई छोरेर हिडेपछि सम्पर्कमा नआएको सुनाए । मलाई गोलबजारमै छोडेर हिडेपछि मैले उनको कार्यालयमा लगातार नीनदिनसम्म जाँदापनि उनी कार्यालय नआएको समेत महिलाले बताए । उनले अव म पुरानो घर पनि फर्केर जाने अवस्थामा छैन, आनन्द पनि भागीभागी हिड्ने गरेपछि समस्यामा परेको बताए । हाम्रोमा बुहारी हराएको भन्ने निवेदन आएकाले खोजेर अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिप राज भण्डारीले जानकारी दिए । उनले वडियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतो, वडा अध्यक्ष र पार्टी प्रतिनिधीहरुकै रोहवरमा जिम्मा लगाएको जनाए । महिलाका ससुरालेभने बुहारी आफ्नो घर नजाने आनन्दसँगै जान्छु भन्दाभन्दै प्रहरीले जवरजस्ती जिम्मा लगाएको बताए । उनलेभने, ‘हामीले पहिला नै गाउँमै मिलाउने कोशिस गरेका थियौं, त्यहाँपनि नमानेर उनीहरु हिडे, अहिले पनि उनी जान मानिरहेको छैन, तर प्रहरीले मेरै जिम्मा लगाएको भनेर जवरजस्ती कागजमा सहि गर्न लगाए । एक सन्तानका आमा समेत रहेका महिला अहिले विचल्लिमा परेका छन् । उनी पुरानो घर पनि नजाने र आनन्दले पनि नलाने भएपछि उनी विचल्लिमा परेका हुन् । उनको श्रीमान वैदेशिक रोजगारीमा छन् । आइतबार आनन्दलाई समेत जिल्ला प्रहरीमा बोलाएको भएपनि प्रहरीले उनीसँग कुरागन दिएनन् । प्रहरीले आफ्ना कार्याल्यमा कुराकानी गर्न नमिल्ने बताउँदै उनीसँग कुरागर्न दिएनन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...